Logo

२०८३, श्रावण ३०गते


images
images

रवि लामिछानेलाई भोलि बुटवल लैजाने तयारी

रवि लामिछानेलाई भोलि बुटवल लैजाने तयारी

images
  • रवि लामिछानेलाई भोलि बुटवल लैजाने तयारी
    फाइल फोटो
    images
    images

    राजेश पराजुली, पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मंगलबार बुटवल लगिने भएको छ । हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखेर सूर्यदर्शन सहकारीको अनुसन्धान भइरहेका लामिछानेलाई बुटवलको सुप्रिम सहकारी ठगीको आरोपमा अनुसन्धान गर्न मंगलबार बिहान बुटवल लैजाने तयारी गरिएको हो ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीले उनीसँग बयान लगायतका अनुसन्धानका लागि बुटवल पठाइदिन पत्राचार गरेको हो । सूर्यदर्शन सहकारीको ठगी आरोपमा पोखरामा बयान सकिएकाले उनलाई बुटवल पठाउने तयारी भएको कास्की प्रहरीले जानकारी दिएको छ । बुटवलमा पनि उनीविरुद्ध पक्राउ पूर्जि जारी भइसकेको छ ।

    images
    images
    images

    यसअघि छविलाल जोशी बन्जाडेलाई बुटवल लगेर बयान सकिएपछि पोखरा नै फिर्ता गरिएको थियो । छविलाल जोशी असोज ६ गते र रवि लामिछाने कात्तिक २ गते पक्राउ परेका हुन् ।

    images
    images
    images

    उनीहरुलाई अझै १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुमति दिइसकेको छ । यही बिचमा बुटवलमा पनि अनुसन्धान अगाडी बढाउने तयारी प्रहरीले गरेको छ । यसअघि रवि लामिछाने गृहमन्त्री हुदै बुटवलको सुप्रिम सहकारी ठगीमा अभियोग दायर भएको थियो । अभियोग पत्रमै लामिछानेका नाममा पनि सहकारीको रकम गएको उल्लेख थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रवि लामिछाने
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।