Logo

२०८३, श्रावण ३०गते


images
images

रवि लामिछानेलाई रुपन्देही ल्याइँदै, बिहानै पुर्‍याइयो एयरपोर्ट

रवि लामिछानेलाई रुपन्देही ल्याइँदै, बिहानै पुर्‍याइयो एयरपोर्ट

images
  • रवि लामिछानेलाई रुपन्देही ल्याइँदै, बिहानै पुर्‍याइयो एयरपोर्ट
    फाइल फोटो
    images
    images

    बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज बयानका लागि रुपन्देही ल्याइने भएको छ । प्रहरीले बिहान ५ः४० मै लामिछानेलाई एयरपोर्ट पुर्‍याएको छ । यद्यपि हुस्सुका कारण उडान प्रभावित भएकोले उनलाई एयरपोर्टमै राखिएको छ । 

    images
    images
    images

    लामिछानेको आज नै बयान सकेर कास्की फर्काउने प्रहरीको तयारी छ । प्रहरीले बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा अनुसन्धान गर्न लामिछाने र जीवी राईसहित १२ जनालाई पक्राउ गर्न रुपन्देही जिल्ला अदालतबाट यसअघि नै अनुमति लिएको थियो । 

    images
    images
    images

    बुटवलस्थित सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।

    images
    images
    images

    सूर्यदर्शन सहकारीको रकम अपचलनको अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका उनलाई बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा बयानका लागि रुपन्देही ल्याइएको हो । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रवि लामिछाने
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।