Logo

२०८३, आश्विन १०गते


images
images

रूपन्देही सुपरलिग : प्रोफेसनल मास्टर्ससँग लुम्बिनी शाक्यन ३० रनले पराजित

रूपन्देही सुपरलिग : प्रोफेसनल मास्टर्ससँग लुम्बिनी शाक्यन ३० रनले पराजित

images
  • रूपन्देही सुपरलिग : प्रोफेसनल मास्टर्ससँग लुम्बिनी शाक्यन ३० रनले पराजित
    images
    images

    भैरहवा । लुम्बिनी शाक्यन क्लबलाई पराजित गर्दै भैरहवामा जारी रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगितामामा प्रोफेसनल मास्टर्स–११ ले जित हात पारेको छ । डिभिजन ‘बी’ अन्तर्गत मंगलबारको खेलमा प्रोफेसनलले लुम्बिनी शाक्यनमाथि ३० रनको जित हात पारेको हो ।

    images
    images
    images

    सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको प्रोफेसनल मास्टर्सले मौसमका कारण ४५ ओभरमा छोट्याइएको खेलमा ४० ओभर २ बलमा सबै विकेट गुमाएर १ सय ३६ रनको सामान्य योगफल खडा गर्यो । प्रेफेसनलका लागि अजय रसाइलीले २३, मोहम्मद हुसेनले १५, तुसार चौहानले ११ रन तथा ड्रस सुनार र अजय यादवले समान १०–१० रन जोडे । बलिङमा लुम्बिनी शाक्यनका बैतुल्लाह खान र अहम्मद खानले ३–३ तथा आकाश गिरी, रामायण साहनी, अजमत अली र प्रियान्सु बर्माले समान १–१ विकेट लिए ।

    images
    images
    images

    १ सय ३७ रनको लक्ष्यसहित ब्याटिङमा उत्रिएको लुम्बिनी शाक्यन २९ ओभर २ बलमा १ सय ६ रनमै अलआउट भयो । उसका लागि अब्दुल रबले ३९, अहम्मद खानले १७ र अजमत अलीले १० रन जोड्नु बाहेक अन्य ब्याट्सम्यान चल्न सकेनन् । लुम्बिनीलाई सस्तैमा समेट्न प्रोफेसनल मास्टर्सका कृष्ण पराजुलीले ५ विकेट हात पारे । यस्तै, मोहम्मद हुसेनले २ तथा ड्रस सुनार, करण केवट र तुसार चौहानले समान १–१ विकेट लिए । खेलमा कृष्ण पराजुली प्लेयर अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।

    images
    images
    images

    रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, हरेक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ पाउने संघका कोषाध्यक्ष तथा खेल संयोजक निरजप्रताप खाँणले जानकारी दिए ।

    सुपरलिगमा रुपन्देहीका ‘ए’ डिभिजनका ८ र ‘बी’ डिभिजनका १२ गरी २० टिम सहभागी छन् । यसपटक नेपाल सुपरलिगका कारण दुईचरणमा खेलहरु हुनेछ । पहिलो चरणमा मंसिर १२ गतेसम्म ‘बी’ डिभिजनका खेलहरु हुनेछन् भने ‘ए’ डिभिजनका खेलहरु नेपाल सुपरलिग पछि आयोजना हुनेछ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।