सिर्जन सेन, प्यूठान । गएराति परेको भारी बर्षाकाे कारण नाैबहिनी गाउपालिका १ स्याउलिबाङमा ३ वटा घर भत्किएको छ ।
स्याउलीवाङको सरीमाका दुई र खलिगाउँका एक गरि तीन वटा घर पहिरोले भत्किएको वडाअध्यक्ष शेर बहादुर सेनले जानकारी दिए ।
उनका अनुसार राती घरमाथिबाट आएको पहिरोले स्थानिय हुमललाल सुनार, इन्द्र बहादुर सुनार र धन बहादुर वुढाको घर भत्किएको छ । भने घरमा पुरिएर प्रेम सुनार घाइते भएका छन् । उनकाे स्थानीय मेडिकलमा उपचार भईरहेकाे सेनले बताएका छन् ।
त्यस्तै नौबहिनी गाउँपालिका-६, बल्लेखोलामा अाज बिहान पुरूषकाे वेवारीसे शव फेला परेको छ । प्रहरी निरिक्षक देवीप्रसाद गैरेका अनुसार वेवारीसे सबको सनाखत भएको छैन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology