Logo

२०८३, श्रावण ३०गते


images
images

'मिडिया विधेयकबारे प्रदेशसभाको ध्यानाकर्षण भएको छ' - सभामुख घर्ती 

'मिडिया विधेयकबारे प्रदेशसभाको ध्यानाकर्षण भएको छ' - सभामुख घर्ती 

images
  • 'मिडिया विधेयकबारे प्रदेशसभाको ध्यानाकर्षण भएको छ' - सभामुख घर्ती 
    images
    images

    बुटवल । लुम्बिनी प्रदेशसभाका सभामुख पुर्णबहादुर घर्तीले पुर्ववर्ती शंकर पोखरेल सरकारले तयार गरेको मिडिया विधेयकबारे प्रदेशसभाको ध्यानाकर्षण भएको बताएका छन् । प्रेस संगठन नेपाल रुपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको तीज विशेष तथा बधाई ज्ञापन कार्यक्रममा बोल्दै सभामुख घर्ती उक्त कुरा बताएका हुन् ।

    images
    images
    images


    तीज विशेष कार्यक्रम भएपनि कार्यक्रममा बोल्ने क्रममा बरिष्ठ पत्रकार डा. बालकृष्ण चापागाईं, पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष बसन्त गिरि, रुपन्देही अध्यक्ष रामराज पोखरेल लगायतले विधेयकको कुरा उठाएपछि सभामुख घर्तिले उक्त विधेयकबारे ध्यानाकर्षण भएको र सोही अनुसार अगाडि बढ्ने बताए । मिडियाकर्मीलाई बनाईएको बिधेयक प्रेस जगतलाई नै चित्त नबुझ्ने हुन नहुनेमा आफू प्रष्ट भएको बताउँदै घर्तीले आवश्यक संशोधन हुने विश्वास व्यक्त गरे । 

    images
    images
    images

    त्यसैगरी लुम्बिनी प्रदेशका अर्थ तथा आन्तरिक व्यवस्था मन्त्री कृष्णध्वज खड्काले संस्कृतिहरू समय अनुसार बदलिँदै जाने भएकोले त्यसलाई बैज्ञानिक बाटोतर्फ मोड्नुपर्नेमा जोड दिए  । संस्कृतिको नाममा कुरिती र बिकृती दुबै रहेको उल्लेख गर्दै मन्त्री खड्काले प्रेस जगतले त्यस तर्फ पनि ध्यान दिनुपर्ने बताए । 

    images
    images
    images

    प्रेस संगठन रुपन्देहीका अध्यक्ष मानसिंह बिक मुख्यमन्त्री कुल प्रसाद केसीको प्रेस संयोजकमा चयन भएको उपलक्ष्यमा संयोजक विकलाई बधाई ज्ञापन समेत गरिएको उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्रका रुपन्देही जिल्ला इन्चार्जमा चयन भएका रामप्रसाद बन्जाडे ' टंकमणी' र जिल्ला संयोजक चयन भएका निर्मल जिसिलाई समेत बधाई ज्ञापन गरिएको थियो । 

    कार्यक्रममा माओवादी केन्द्र  रुपन्देहीका संयोजक निर्मल जिसि, प्रदेशसभा सदस्य दिपा विक, वरिष्ठ पत्रकार विनोद पहाडी, पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष अमृत अनमोल, संचारिका समूहका निरू गौतम लगायतले बोलेका थिए । 

    प्रेस संगठन रुपन्देहीका सहसचिव अम्विका परियारको संचालन र सचिवालय सदस्य रिया गौतमको स्वागत रहेको कार्यक्रमको अध्यक्षता संगठनका अध्यक्ष कमल रायमाझीले गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।