Logo

२०८३, आश्विन ९गते


images
images

बाइडेनको निर्णयले तनावपूर्ण बन्दै रुस-युक्रेन युद्ध

बाइडेनको निर्णयले तनावपूर्ण बन्दै रुस-युक्रेन युद्ध

images
  • बाइडेनको निर्णयले तनावपूर्ण बन्दै रुस-युक्रेन युद्ध
    images
    images

    काठमाडौं । अमेरिकी राष्ट्रपति पदमा डोनाल्ड ट्रम्पले पदभार ग्रहण गर्न दुई महिना बाँकी रहँदा रुस र अमेरिका दुवैले युक्रेनमाथि महत्त्वपूर्ण तर फरक कदम चालेका छन्। गएको २४ घण्टामा नै रुसले आफ्नो लाभ र उपलब्धिलाई बढाउने प्रयास गरेको छ भने बाइडेन प्रशासनले रुसलाई निस्तेज पार्ने प्रयास गरेको छ।

    images
    images
    images

    युक्रेनले अहिले नै अमेरिकाबाट प्राप्त लामो दुरीको मिसाइल प्रयोग गरिसकेको छ भने पूर्वमा आफ्नो भूमि जोगाउन थप सङ्घर्ष गरिरहेको छ। युक्रेनको पूर्वी क्षेत्रमा हजारौँ उत्तर कोरियाली सेना उपस्थित भएपछि अहिले बाइडेनको भूमिका परिवर्तन भएको छ।

    images
    images
    images

    रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनले आफूहरूले पराजयको सामना गर्नु परेमा आणविक हतियार प्रक्षेपण गर्ने चेतावनी दिइसकेका छन्। यसै साता रुसले युक्रेनमा साताको सबै भन्दा ठुलो आक्रमण गरेको थियो। सोही आक्रमणको डरले धेरै पश्चिमा देशले आफ्नो दूतावास बन्द गरे।

    images
    images
    images

    भूराजनीतिका विश्लेषकले अहिले ट्रम्पले राष्ट्रपति पदभार ग्रहण गरेपछि हुने वार्तामा आफ्नो पोजिसन बलियो बनाउनका लागि यो सबै भइरहेको बताउँछन्। सो वार्तामा पुटिन भन्दा ट्रम्प लचिलो हुने अनुमान गरिएको थियो।

    युद्धको हजारौँ दिन मनाउने क्रममा युक्रेनले मिसाइल प्रयोग गरेको छ भने रुसले सोही दिन पूर्वी क्षेत्रमा थप आक्रमण गरेको छ। यो घटनापछि ट्रम्पले केही नबोले पनि उनले राष्ट्रिय सुरक्षा सल्लाहकार तोकेका मार्क वाल्जले देश कता गइरहेको छ भन्ने कुराले अन्योल पैदा गरेको बताएका छन्।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रुस-युक्रेन युद्ध
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।