Logo

२०८३, आश्विन १०गते


images
images

रिशव पन्तले केही बेरमै तोडे अय्यरले बनाएको आइपिएलका महँगा खेलाडी रेकर्ड

रिशव पन्तले केही बेरमै तोडे अय्यरले बनाएको आइपिएलका महँगा खेलाडी रेकर्ड

images
  • रिशव पन्तले केही बेरमै तोडे अय्यरले बनाएको आइपिएलका महँगा खेलाडी रेकर्ड
    images
    images

    जेदाह  । भारतका विकेटकिपर ब्याटर रिशव पन्तले आइपिएल इतिहासकै सबैभन्दा महँगा खेलाडीको रेकर्ड बनाएका छन्।

    images
    images
    images

    आइपिएल २०२५ का लागि आइतबारबाट सुरु भएको मेघा अक्सनमा रिशवलाई लखनउ सुपर जायन्टले २७ करोड भारूमा टोलीमा आबद्ध गरेको हो। 

    images
    images
    images

    उनलाई भित्र्याउन सुरुदेखि नै रोयल च्यालेन्जर्स बेंग्लोर र लखनउबीच प्रतिस्पर्धा चलेको थियो। पछि बेंग्लोर पछि हट्दा लखनउ र सनराइजर्स हैदरावादबीच भिडन्त भयो। जसमा लखनउले २७ करोडको बोली लगाएर हैदरावादलाई पछि पारेको थियो। 

    images
    images
    images

    त्यसको केहीबेरअघि कीर्तिमानी रकममा ब्याटर श्रेयर अय्यर पञ्जाब किंग्समा आबद्ध भए। 

    उनलाई पञ्जाब किंग्सले २६ करोड ७५ लाख भारूमा टोलीमा भित्र्याएको थियो। 

    Ncell

    यसअघि आइपिएलका महँगा खेलाडी अस्ट्रेलियाका माचेल स्टार्क थिए। उनलाई सन् २०२४ को अक्सनमा कोलकता नाइटराइडर्सले २४ करोड ७५ लाख भारूमा टोलीमा आबद्ध गरेको थियो। 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रिशव पन्त
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।