Logo

२०८३, आश्विन १०गते


images
images

देवदहमा वडा स्तरीय पुरुष भलिवल प्रतियोगिता हुने, प्रथम पुरस्कार ४१ हजार

देवदहमा वडा स्तरीय पुरुष भलिवल प्रतियोगिता हुने, प्रथम पुरस्कार ४१ हजार

images
  • देवदहमा वडा स्तरीय पुरुष भलिवल प्रतियोगिता हुने, प्रथम पुरस्कार ४१ हजार
    images
    images

    देवदह । रुपन्देहीको देवदहमा वडा स्तरीय पुरुष भलिवल प्रतियोगिता हुने भएको छ । स्वतन्त्र भूतपुर्व सैनिक कल्याणकारी परिवार देवदहले १० औं बार्षिक साधारण सभाको अवसरमा मङ्सिर १२ देखि १५ सम्म प्रतियोगिताको गर्न लागेको जनाएको हो । 

    images
    images
    images

    सोमबार पत्रकार भेटघाट गर्दै प्रतियोगिताका खेल संयोजक मिलन मास्की रानाले प्रतियोगितामा देवदह नगरपालिका भित्रका १२ वटा टिमको सहभागि हुने बताए । प्रतियोगितामा देवदहको जुनसुकै स्तरको खेलाडीले भाग लिन सक्ने उनले बताए । "खेलमा सहभागी हुन राष्ट्रिय तथा क्षेत्रीय खेलाडीलाई पनि अनुमति हुन्छ तर खेलाडी देवदह नगरपालिकाभित्रको हुनुपर्छ ।" पत्रकार संग संयोजक मास्की रानाले भने । 

    images
    images
    images

    प्रतियोगितामा विजेताले नगद ४१ हजार, उपविजेताले नगद २५ हजार, तृतियले नगद १५ हजार र सान्त्वना हुनेले नगद ७ हजार, ट्रफी, मेडल प्राप्त गर्ने छन् । प्रतियोगिता सम्पन्न गर्नको लागि ५ खर्च हुने अनुमान गरिएको परिवारले जनाइएको छ । 

    images
    images
    images

    प्रतियोगिताको लागि देवदह नगरपालिकाले ३ लाख विनियोजन गरेको र नपुग रहने रकम संस्थाले व्यर्होने स्वतन्त्र भूतपुर्व सैनिक कल्याणकारी परिवार देवदहका अध्यक्ष विनोदकुमार गुरुङ्गले जानकारी दिए । 
     
    पत्रकारसंग कुरा गर्दै अध्यक्ष गुरुङ्गले देवदहबाट राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्ने र उनीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए । उनले भलिवल प्रतियोगिता आयोजना गर्नको लागि खेलमैदानको अभाव रहेको बताउदै देवदहमा ईन्डोर भलिवल खेल्न मिल्ने गरी कभर्डहल आवश्यक रहेको औल्याए । 

    वडा स्तरीय पुरुष भलिवल प्रतियोगिता अन्र्तगत ३५ बर्ष भन्दा माथिको भेन्ट्रास प्रतियोगिता समेत आयोजना गरिएको जनाइएको छ  । प्रतियोगितामा सहभागि हुनको लागि वडा कार्यालयको सिफारिस र ३ हजार १ सय प्रवेश शुल्क लिइने आयोजकले जनाएको छ । 

    मङ्सिर १६ गते खेलको समापनसंगै वार्षिक साधारसभा गरिने र सो अवसरमा स्वतन्त्र भूतपुर्व सैनिक कल्याणकारी परिवारलाई सहयोग गर्ने व्यक्ति तथा संस्था एवं विभिन्न क्षेत्रमा उत्कृष्टता हासिल गर्ने भूतपुर्व सैनिक परिवारका सदस्यलाईसमेत सम्मान गर्ने जनाइएको छ । 

    पत्रकार भेटघाटमा स्वतन्त्र भूतपुर्व सैनिक कल्याणकारी परिवार देवदहका सचिव जयबहादुर पुलामी, सहकोषाध्यक्ष लालबहादुर थापा, प्रेस सल्लाहकार भिमप्रसाद गुरुङ, खेल संयोजक मिलन मास्की राना, देवदह प्रेस क्लबका अध्यक्ष विष्णु पोखरेल लगायतको सहभागिता रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।