देवदह । रुपन्देहीको देवदहमा वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । स्वतन्त्र भूतपूर्व सैनिक कल्याणकारी परिवार देवदहको आयोजना वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको उद्घाटन गर्दै देवदह नगरपालिकाका नगर उपप्रमुख विद्या लक्ष्मी गुरुङले खेलकुदसङ्गै खेलाडी उत्पादनमा जोड दिन आग्रह गरिन् । भलिबल खेल नेपालको राष्ट्रिय खेलसमेत भएको र नेपालको जुनसुकै भूगोलमा समेत खेल्न सकिने भएकोले भलिबल खेललाई व्यवसायिक बनाउने तर्फ पनि ध्यान दिनुपर्ने उनको भनाइ छ ।
त्यस्तै देवदह नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष खेम बहादुर थापाले खेलकुदले स्वस्थ्यसङ्गै अनुशासनमा रहनसमेत मदत पुग्ने बताउँदै वडाले खेल क्षेत्रको विकासका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
बुधबार भएको उद्घाटन खेलमा वडा नम्बर ६ ले वडा नम्बर ७ लाई सोझो सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको खेल संयोजक मिलन मास्की रानाले जानकारी दिए । वडा नम्बर -६ ले वडा नम्बर ७ लाई २५-१२ र २५-१३ को सोझो सेटमा पराजित गर्दै वडा नम्बर -६ विजयी भएको हो ।
प्रतियोगितमा विजेताले ४१ हजार ट्रफी र मेडल, उपविजेताले २५ हजार ट्रफी र मेडल, तेस्रोले १५ हजार ट्रफी र मेडल तथा चौथोले ७ हजार र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिताको उद्घाटन सत्र संस्थाका अध्यक्ष विनोद कुमार गुरुङको अध्यक्षता र सचिव जय बहादुर पुलामी थापाको संचालनमा सम्पन्न भएको थियो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology