वडास्तरीय पुरुष भलिवल प्रतियोगिता ः वडा नं. ६ क्वाटर फाईनल प्रवेश देवदह । रुपन्देहीको देवदहमा सञ्चालित ५ औं वडास्तरीय पुरुष भलिवल प्रतियोगिताको दोश्रो दिन बिहिवार विभिन्न खेलहरु सम्पन्न भएका छन् । प्रतियोगिता अन्तरगत दोश्रो दिन भएको खेलमा देवदह–६ क्याटर फाईनलमा प्रवेश गरेको छ ।
दोश्रो चरणको खेलमा वडा नं ४ लाई सोझो सेटमा हराउदै वडा नम्वर ६ क्वाटर फाईनलमा प्रवेश गरेको हो । खेलमा वडा नं ६ ले २५–१८ र २५–२३ को सोझो सेटमा जित हात पारेको खेल संयोजक मिलन मास्की रानाले जानकारी दिए ।
यसैगरी वडा नम्वर ५ र वडा नम्वर ७ बिच भएको खेलमा वडा नम्वर ५ विजयी हुदै दोश्रो चरणमा प्रवेश गरेको छ । खेलमा वडा नम्वर ७ लाई २५–१४, २५–१५ को सोझो सेटमा हराउँदै वडा नम्वर ५ दोश्रो चरणमा प्रवेश गरेको हो ।
त्यसैगरी प्रतियोगिताको अर्को खेलमा वडा नम्वर १२ लाई पराजित गर्दै वडा नम्वर १० विजयी भएको छ । खेलमा २५–२२ र १८–१६ मा दुवै सेट जित्दै वडा नम्वर १० दोश्रो चरणमा प्रवेश गरेको हो । वडा नम्वर १२ ले एउटा सेट हात पारेपनि त्यो जितका लागि प्रयाप्त बनेन ।
स्वतन्त्र भूतपुर्व सैनिक कल्याणकारी परिवार देवदहको १० औं स्थापना दिवसको अवसरमा आयोजित उक्त प्रतियोगितामा विजेताले नगद ४१ हजार, उपविजेताले नगद २५ हजार, तृतियले नगद १५ हजार र सान्त्वना हुने टिमले नगद ७ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष विनोद गुरुङले जानकारी दिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology