Logo

२०८३, श्रावण ३०गते


images
images

लामिछानेसँग आज पनि बयान जारी

लामिछानेसँग आज पनि बयान जारी

images
  • लामिछानेसँग आज पनि बयान जारी
    images
    images

    चितवन । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग आज पनि बयान सुरु भएको छ ।

    images
    images
    images

    जिल्ला सरकारी वकिलको कार्यालय चितवनमा बिहान ९ बजेदेखि बयान भइरहेको हो । हिजो दिउँसो १ देखि ४ बजेसम्म नसकिएपछि आज पनि बयान लिइएको हो ।

    images
    images
    images

    चितवनस्थित साहारा चितवन सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा लामिछानेमाथि बयान भइरहेको हो ।

    images
    images
    images

    तत्कालीन गोर्खा मिडिया प्रालिका सञ्चालक, सेयर होल्डर तथा प्रबन्ध निर्देशकको हैसियतमा लामिछानेमाथि विभिन्न सहकारीबाट रकम लगेको आरोप छ ।

    सहकारी ठगीको आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेसँग यसअघि कास्की, रुपन्देही र काठमाडौंमा बयान सकिइसकेको छ ।

    लामिछानेमाथि सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति सुद्धीकरणसम्बन्धी मुद्दा रहेको छ । उनलाई गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरी पोखरा लगिएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # धुर्ब लामिछाने
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।