काठमाडौं । प्रतिक्षित दक्षिण भारतीय फिल्म 'पुष्पा २–द रूल' रिलिज भएको छ। अल्लु अर्जुन र रश्मिका मन्दाना अभिनीत फिल्म नेपालमा उच्च शोसहित आजदेखि प्रदर्शनमा आएको हो।
फिल्मलाई हलले बिहान ४ः१५ देखि राति ११ः ५५ बजेसम्मको शो दिएका छन्। बिहानैदेखिका शो भरिभराउ छन्।
'पुष्पा' पहिलो शृंखलाले नेपालमा निकै राम्रो व्यापार गरेको थियो। जसका कारण 'पुष्पा २' प्रति दर्शकको लोभलाग्दो क्रेज देखिएको छ।
सुकुमार बान्द्रेडीको लेखन तथा निर्देशन रहेको फिल्ममा अल्लु अर्जुन र रश्मिकासहित फरद फासिल, जगपति बाबु, धनुञ्जय, राव रमेश, सुनील लगायतको अभिनय छ। नवीन येर्नेनी र रविशंकर यममाञ्चिली फिल्मका निर्माता हुन्।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology