देवदह । नेकपा (माओवादी केन्द्र) देवदहको १० वटा वडामा वडा अधिवेशन सम्पन्न भएको छ । पार्टी केन्द्रीय कार्यालयको सर्कुलर अनुसार वडाका अधिवेशनहरू सम्पन्न गरिएको माओवादी केन्द्र देवदहका नगर अध्यक्ष गोविन्द बहादुर ठडराईले जानकारी दिए ।
नगर सम्मेलनमा पार्टीका नेता कार्यकर्ताहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो ।पार्टीको निर्देशन अनुसार वडा अधिवेशन गरे नेतृत्व समेत चयन गरिएको जनाउँदै नगर अध्यक्ष ठडराईले सबै वडामा सर्वसम्मत अधिवेशन सम्पन्न भएको र बाँकी रहेको २ वटा वडाहरूमा पनि छिट्टै अधिवेशन सम्पन्न गरेर नेतृत्व चयन गर्ने कार्यक्रम रहेको बताए ।
वडा अधिवेशनमा नेकपा माओवादी केन्द्र रुपन्देहीका जिल्ला संयोजक नारायण जीसी 'निर्मल', प्रदेश सदस्य मोतिलाल ढकाल 'कृष्ण', गोविन्द पङ्गेनी, क्षेत्र नम्बर १ का इन्चार्ज लेखनाथ न्यौपाने र प्रदेश, जिल्ला र पालिकाका नेताहरूको सहभागिता रहेको नेकपा माओवादी देवदहका नगर इन्चार्ज कल्पना सुवेदीले जानकारी दिइन।
वडामा वडा अधिवेशन सङ्गै नगर अधिवेशनको तयारी समेत गरिएको अध्यक्ष ठडराईले बताए ।
अधिवेशन भएका वडाहरु मध्य देवदह १ मा योगेश सिंजाली, वडा नम्बर २ मा डिल्लीराम सापकोटा, वडा नम्बर ४ मा सुरज रोकाहा, वडा नम्बर ५ मा गोपालमान तमु, वडा नम्बर ७ मा गणेश विक, वडा नम्बर ८ मा गोविन्द बहादुर खत्री, वडा नम्बर ९ मा धनराज पुवर, वडा नम्बर १० मा यम बहादुर जीसी, वडा नम्बर ११ मा राजु यादव र वडा नम्बर १२ मा उदयराज केवटको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको नगर अध्यक्ष ठडराईले जानकारी दिए।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology