Logo

२०८३, श्रावण २७गते


images
images

सैनामैनामाका किसानलाइ ४२ थान बिद्युतिय च्यापकटर मेसिन बितरण 

सैनामैनामाका किसानलाइ ४२ थान बिद्युतिय च्यापकटर मेसिन बितरण 

images
  • सेतोमसी सहकर्मी
  • सैनामैनामाका किसानलाइ ४२ थान बिद्युतिय च्यापकटर मेसिन बितरण 
    images
    images

    प्रदिप ज्ञवाली, सैनामैना । सैनामैना नगरपालिकाले शुक्रबार एक कार्यक्रमको आयोजना गरी नगरभित्रका पशुपालक किसानहरुलाई घास तथा पराल काट्ने विद्युतीय च्यापकटर मेसिन बितरण गरेको छ ।

    images
    images
    images

    सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले नगरपालिकाले किसानहरुको पक्षमा विस्तृत योजना निर्माण गरी अघि बढेको जानकारी दिदै मेसिन वितरण गरिएपछि व्यवसायीक किसानलाई प्रोत्साहन मिल्ने बताउनुभयो ।

    images
    images
    images

    नयाँ नयाँ काम गरेर चर्चामा रहेको सैनाामैना नगरपालिका दुध, मासु र अण्डामा आत्मनिर्भर भैसकेको छ । तीन वर्ष अघि जनप्रतिनिधि निर्वाचित भएर आएसंगै नगरपालिकाले  कृषि तथा पशु पंक्षीको क्षेत्रमा समेत लगाानी बढाउदा परिणम देखिन थालेको छ । 

    images
    images
    images

    received_405129040652113.jpegनगरपालिकाले किसानहरुलाई अनुदानमा ४२ थान घाँस र पराल काट्ने विद्युतीय च्यापकटर मेसिन बितरण गरेको छ । पशु विकास शाखामार्फत ११ वटै वडाका व्यवसायीक किसानलाई मेसिन प्रदान गरेपछि किसानहरु खुसी मुद्रामा देखिएका छन ।  

    नगरपालिकाले विद्युतीय च्यापकटर मेसिन प्रति मेसिन ४० हजार रुपैयाँमा खरिद गरेको हो । मेसिनमा किसानको ५० प्रतिशत र नगरपालिकाको ५० प्रतिशत लगानी रहेको छ । नगरका पशु विकास शाखा प्रमुख ईन्द्रबहादुर खड्काले नगरपालिकाले व्यवसायीक किसानहरुको लागि अनुदानमा घाँसको विउ वितरणदेखि यान्त्रीकरणमा समेत विशेष सहयोग गर्दै आएको बताउनु भयो ।

    त्यसैगरी नगरपालिकाले सैनामैनामा नयाँ हाट बजार निर्माण गरी सञ्चालनको तयारी गरेको छ ।  निकट भविष्यमा चिस्यान केन्द्र समेत निर्माण हुने प्रक्रियामा रहेको छ । यसले किसानहरुलाई थप सहयोग पुग्ने विश्वास गरिएको छ । 

    गाउँ नगर कृषक सञ्जाल समितिका संयोजक शेरबहादुर क्षेत्रीले सैनामैनामा जनप्रतिनिधिले कृषि तथा पशुपक्षीको क्षेत्रमा बढि चासो दिदा  कृषकले उत्पादन पढाउदै लगेको बताउनु भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सैनामैना
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।