Logo

२०८३, आश्विन १७गते


images
images

प्रधानमन्त्री ओली आज झापा जाँदै, दमकमा बनेको ‘बिजिनेश टावर’ उद्घाटन गर्ने

प्रधानमन्त्री ओली आज झापा जाँदै, दमकमा बनेको ‘बिजिनेश टावर’ उद्घाटन गर्ने

images
  • प्रधानमन्त्री ओली आज झापा जाँदै, दमकमा बनेको ‘बिजिनेश टावर’ उद्घाटन गर्ने
    images
    images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज आइतबार गृहजिल्ला झापा जाँदैछन् ।  दमक नगरपालिका–३ दापगाछीमा एक अर्ब ४५ करोड रूपैयाँको लागतमा निर्माण गरिएको १८ तले भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली  झापा जाने भएका हुन् । 

    images
    images
    images

    ‘दमक बिजनेस कम्प्लेक्स’ नामकरण गरिएको उक्त भवन चिनियाँ निर्माण कम्पनी जेडसीजीआईआईसी र आशिष ओम साइराम कम्पनीले संयुक्त रूपमा बनाएका हुन् । 

    images
    images
    images

    सरकारले विकास समितिमार्फत भवन सञ्चालनको तयारी गरेको सहरी विकास तथा भवन निर्माण आयोजनाका इन्जिनियर भूपेन्द्र यादवले बताए । व्यापारिक प्रयोजनका निम्ति भवन उपयुक्त रहेको उनले बताए ।

    images
    images
    images

    प्रधानमन्त्री ओलीले नै पाँच वर्षअघि भवन निर्माणको शिलान्यास गरेका थिए । 

    यसैबीच, प्रधानमन्त्री ओलीले मेचीनगर – ४ बाहुनडाँगीस्थित मानव आश्रम भवनको पनि आज नै उद्घाटन गर्ने कार्यक्रम छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री ओली
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।