Logo

२०८३, श्रावण ३०गते


images
images

समृद्ध लुम्बिनीका लागि मुख्यमन्त्रीको दौडधुप, प्रधानमन्त्री देउवा र प्रचण्डसंग भेटवार्ता 

समृद्ध लुम्बिनीका लागि मुख्यमन्त्रीको दौडधुप, प्रधानमन्त्री देउवा र प्रचण्डसंग भेटवार्ता 

images
  • समृद्ध लुम्बिनीका लागि मुख्यमन्त्रीको दौडधुप, प्रधानमन्त्री देउवा र प्रचण्डसंग भेटवार्ता 
    images
    images

    काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले समृद्ध लुम्बिनी प्रदेश निर्माणका लागि पहल सुरु गरेका छन् । मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेशको विकास र समृद्धिमा सहयोग गर्न प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लगायत शिर्षनेताहरूसंग भेटघाट गरेका हुन् ।

    images
    images
    images


    लुम्बिनी प्रदेशको समृद्धिका लागि प्रधानमन्त्री शेरबहादुर देउवा एवं राजनीतिक उच्च नेतृत्वतहको भेटघाटले लुम्बिनीको विकास एवं समृद्धीका लागि नयाँ ढोका खोलेको मुख्यमन्त्री केसीले बताए । प्रधानमन्त्री लगायत पार्टीका उच्च नेताहरुले लुम्बिनी प्रदेशको विकासका लागि सकेजति पहल गर्ने विश्वास व्यक्त गरेको मुख्यमन्त्री सचिवालयले बताएको छ ।

    images
    images
    images


    मुख्यमन्त्री केसीले प्रधानमन्त्री शेरबहादुर देउवासंग गरिएको भेटमा विकासका हरेक योजनामा लुम्बिनी प्रदेशलाई प्राथमिता प्रदान गर्नका लागि अनुरोध गरेका थिए । लुम्बिनी प्रदेश देशकै नमूना प्रदेश बनाउनको लागि आफू लागि रहेको बताउँदै केन्द्र सरकारसँग मुख्यमन्त्री केसीले सहयोगको अपेक्षा रहेको बताएका थिए । प्रधानमन्त्री देउवाले लुम्बिनी प्रदेश सरकारको नीति तथा योजनालाई सफल बनाउनको  लागि आफू हरदम तयार रकेको प्रक्रिया दिएको मुख्यमन्त्रीका प्रेस संयोजक मानसिंह बिकले बताए ।

    images
    images
    images


    साथै, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसंग मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेश सरकारले शिक्षा, स्वास्थ्य र रोजगारलाई प्राथमिकता राख्ने गरी सुसासन कायम गरी नीति योजना तर्जुमा गर्न लागेको बताउँदै जनमुखी बजेट र नीति योजनालाई अघि बढाउँने बताउँदै आएको प्रदेश सरकारले आफ्नो न्यूनतम लक्ष्यलाई पुरा गर्नका सबै राजनीतिक दलको सहयोगको अपेक्षा गरेको बताएका थिए ।
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।