Logo

२०८३, श्रावण ३०गते


images
images

सडक दुर्घटनामा कमेडियन हिक्मत महराको निधन

सडक दुर्घटनामा कमेडियन हिक्मत महराको निधन

images
  • सडक दुर्घटनामा कमेडियन हिक्मत महराको निधन
    images
    images

    काठमाडौं । ‘कमेडी च्याम्पियन’ सिजन २ बाट चर्चामा आएका कमेडियन हिक्मत महराको सडक दुर्घटनामा निधन भएको छ ।

    images
    images
    images

    मंगलबार राति कैलालीको गोदावरी नगरपालिका–४, गोदावरीस्थित भीमदत्त राजमार्गमा उनले हाँकिरहेको म २ प ९११७ नम्बरको मोटरसाइकल सडकमा रोकिराखेको ट्रकसँग ठोक्किएको थियो ।

    images
    images
    images

    गम्भीर घाइते भएका महरालाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    images
    images
    images

    ‘कमेडी च्याम्पियन’को दोस्रो सिजनबाट निकै चर्चामा आएका ३० वर्षीय महरा शुक्लाफाँटा नगरापालिका–११ कलुवापुर बनसाहका बासिन्दा थिए ।  उक्त रियालिटी शोमा उनी उत्कृष्ट ४ मा प्रवेश गरेका थिए । कमेडी च्याम्पियनमा महराले सामाजिक मुद्दामा सशक्त हास्यव्यंग्य प्रस्तुति दिएका थिए ।

    उनको निधनमा शोका निर्देशक विशाल भण्डारी, कमेडियनहरू हिमेश पन्त, मेक्सम गौडेल, भरतमणि पौड्याल लगायतले श्रद्धासुमन व्यक्त गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सडक दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।