तिलोत्तमा । रूपन्देहीको तिलोत्तमा नगरपालिकाले वैशाख २० गतेभित्रै चालु शैक्षिक सत्रको वार्षिक परीक्षा सक्न विद्यालयलाई आग्रह गरेको छ ।
कोरोना महामारीको दोस्रो लहर बढिरहेका बेला विद्यार्थीमा कोरोनाको प्रभाव बढ्न सक्ने जोखिमलाई मध्यनजर गर्दै नगरक्षेत्रका सबै विद्यालयको वार्षिक परीक्षा छिट्टै गर्ने नगरपालिकाले निर्णय गरेको हो ।
शुक्रबार बसेको नगरस्तरीय परीक्षा सञ्चालन तथा समन्वय समितिको बैठकले नेपालमा दोस्रो चरणको कोरोना महामारी तीव्र रुपमा फैलिईरहेको र विद्यालय बन्द गर्नुपर्ने दबाब बढ्दै गएकोले विद्यालयस्तरीय वार्षिक परीक्षा छिट्टै लिने निर्णय गरेको हो ।
सेतोमसीसंग कुरा गर्दै शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले परीक्षा नलिँदै विद्यालय बन्द गरिँदा त्यसले विद्यार्थी, शिक्षक, अभिभावक सबैमा नकारात्मक प्रभाव पर्ने भएकोले कोरोना सुरक्षा मापदण्ड अपनाई तत्काल परीक्षा सञ्चालन गर्ने निर्णय गरिएको जानकारी दिए ।
नगर प्रमुख तथा समिति संयोजक बासुदेव घिमिरेको अध्यक्षतामा बसेको बैठकले बालविकासदेखि कक्षा ३ सम्मको परीक्षा यही वैशाख १२ गतेसम्म र कक्षा ४ देखि ९ सम्मको परीक्षा वैशाख २० गतेभित्र सक्ने निर्णय गरेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology