Logo

२०८३, कार्तिक १५गते


images
images

व्यवस्था परिवर्तन भएसँगै विकास पनि बढेको छ : उपप्रधानमन्त्री सिंह

व्यवस्था परिवर्तन भएसँगै विकास पनि बढेको छ : उपप्रधानमन्त्री सिंह

images
  • व्यवस्था परिवर्तन भएसँगै विकास पनि बढेको छ : उपप्रधानमन्त्री सिंह
    फाइल फोटो
    images
    images

     काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले व्यवस्था परिवर्तन भएसँगै विकासको काम पनि भएको बताए ।

    images
    images
    images

    शुक्रबार चितवनमा नेशनल सिटी अस्पतालको भवन समुद्घाटन समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले व्यवस्था परिवर्तन भयो, अवस्था उस्तै छ भनेर गलत भाष्य बनाउन खोजिएको बताए ।

    images
    images
    images

    ‘केही पनि भएको छैन भनेर यहाँ जुन भाष्य बनाउन खोजिएको छ । ०४६ पछाडि जन्मिएको पुस्तालाई त्यो भन्दा अगाडि कस्तो थियो रु थाहा नहुन सक्छ । आफ्नै बुबाहरूसँग,अघिल्लो पुस्तासँग सोध्न सकिन्छ,’ उपप्रधानमन्त्री सिंहले भने, ‘व्यवस्था मात्रै परिवर्तन भएको छैन, विकासको काम पनि भएको छ । सामाजिक आर्थिक क्षेत्रमा पनि धेरै परिवर्तन भएको छ।’ परिवर्तनको आभास हरेक नागरिकमा पुर्‍याउन केही समय लाग्ने भन्दै सरकारले त्यसका लागि काम गरिरहेको बताए ।

    images
    images
    images

    त्यस्तै उपप्रधानमन्त्री सिंहले प्राप्त अधिकारलाई सुरक्षित गर्दै अब देशलाई विकासको बाटोमा लैजान सबै लाग्नुपर्नेमा जोड दिएका छन् । उपप्रधानमन्त्री सिंहले नेशनल सिटी अस्पतालको नवनिर्मित भवनको उद्घाटन गर्दै अस्पतालले स्वास्थ्य सेवाको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वाससमेत व्यक्त गरे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # उपप्रधानमन्त्री सिंह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।