Logo

२०८३, आश्विन १०गते


images
images

प्रथम सहिद लखन थापामगर स्मृति भलिबल प्रतियोगिताको उपाधि जनज्योति क्लबलाई

प्रथम सहिद लखन थापामगर स्मृति भलिबल प्रतियोगिताको उपाधि जनज्योति क्लबलाई

images
  • प्रथम सहिद लखन थापामगर स्मृति भलिबल प्रतियोगिताको उपाधि जनज्योति क्लबलाई
    images
    images

    बुटवल । प्रथम सहिद लखन थापामगर स्मृति भलिबल प्रतियोगिताको उपाधि जनज्योति क्लब बी को पोल्टामा परेको छ । नेपाल मगर युवा संघ बुटवल उपमहानगर वडा नं ७ इकाई समितिद्वारा आयोजित प्रतियोगिताको बुटवलमा आइतबार सम्पन्न फाइनल खेलमा गोलपार्क युवा क्लबलाई तीन शुन्यको सोझो सेटमा समेट्दै जनज्योति क्लबले उपाधि हात पारेको हो । 

    images
    images
    images

    जनज्योति क्लबले प्रथम पुरस्कार तीस हजार रुपैयाँ नगद राशी सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । 

    images
    images
    images

    उपविजेतामा चित्त बुझाएको गोलपार्क क्लबले बीस हजार नगद राशी सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त ग¥यो भने तृतीय हुन सफल मणिमुकुन्द भलिबल क्लबले नगद रु दश हजार सहित शिल्ड, मेडल र प्रमाण प्रत्र प्राप्त ग¥यो । 

    images
    images
    images

    यसैगरि १६ टिम सहभागी प्रतियोगितामा श्रमज्योति क्लबले सान्त्वना स्थानमा नै चित्त बुझायो ।

    विजेता टिमहरुलाई बुटवल उपमहानगरपालिकाका नगर प्रमूख खेलराज पाण्डेयले पुरस्कार प्रदान गरेका छन् । सो अवसरमा बोल्दै उनले खेलाडि उत्पादन र खेल विकासका लागि स्थानीय स्तरमा हुने प्रतियोगिताहरु निरन्तर रुपमा सञ्चालन गर्न आवश्यक रहेकोमा जोड दिए । 

    सो अवसरमा बुटवल उपमहानगरपालिकाका खेलकुद विकास समितिका संयोजक बोनीन पिया, नेपाल मगर युवा संघ बुटवल उपमहानगर वडा नं ७ इकाई समितिका संरक्षक कृष्ण थापा झेँडिमगर, समितिका अध्यक्ष कुमार रानामगर, खेल संयोजक सन्तोष पुनमगर लगायतले बोलेका थिए ।

     मंसिर पूर्णिमा बाजेबजै पूजाको अवसरमा आयोजित खेल २६ गते सुरु भएर ३० गते फाइनल खेलसंगै सम्पन्न भएको हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।