Logo

२०८३, आश्विन १०गते


images
images

पाकिस्तानमाथि नेपालको ऐतिहासिक जित

पाकिस्तानमाथि नेपालको ऐतिहासिक जित

images
  • पाकिस्तानमाथि नेपालको ऐतिहासिक जित
    images
    images

    काठमाडौं । एसिसी यु– १९ महिला एसिया कपमा नेपालले पाकिस्तानलाई पराजित गरेको छ ।

    images
    images
    images

    जितका लागि पाकिस्तान यु– १९ ले दिएको १ सय ५ रनको लक्ष्य नेपाल यु–१९ ले १९ ओभरमा चार विकेट गुमाएर पुरा गर्‍यो ।

    images
    images
    images

    नेपालको जितमा कप्तान पूजा महतो नायक बनिन् । उनले बलिङ र ब्याटिङबाट टिमलाई जित दिलाइन् ।

    images
    images
    images

    पहिलो जितसँगै नेपाल महिला एसिया कपको सुपर फोरमा प्रवेश गरेको छ ।

    नेपालको जितमा कप्तान पूजा महतोले सर्वाधिक ४७ रन बनाइन् । उनले ४७ बलमा ४७ रनको कप्तानी पारि खेलिन् । उनले ३ चौका प्रहार गरिन् ।

    सोनी पाखरिनले १३ रन बनाइन् । उनले २० बलमा १ चौका प्रहार गर्दै १३ रन बनाएर आउट भइन् ।

    साना प्रवीण १० रन बनाउँदै रन आउट भइन् । उनी १५ बलमा १० रन बनाएर खेलिरहेको बेला रन आउट भइन् ।

    सावित्री धामीले ८ रनको योगदान दिइन् । उनले १६ बलमा ८ रन बनाइन् ।

    सीमाना केसी १२ रनमा नट आउट रहिन् । उनले १२ बलमा १२ रन नै बनाइन् । ज्योत्स्निका मरासिन भने शून्य रनमा आउट भएकी थिइन् ।

    लगातारको दोस्रो हारसहित पाकिस्तान प्रतियोगिताबाट बाहिरिएको छ ।

    पाकिस्तान पहिलो खेलमा भारतसँग नौ विकेटले पराजित भएको थियो । अब नेपालले मंगलबार भारतसँग भिड्ने छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।