Logo

२०८३, श्रावण २७गते


images
images

आगोले जलेर गम्भीर घाइते भएका मादीका दुर्गाबहादुर गुरुङको निधन

आगोले जलेर गम्भीर घाइते भएका मादीका दुर्गाबहादुर गुरुङको निधन

images
  • आगोले जलेर गम्भीर घाइते भएका मादीका दुर्गाबहादुर गुरुङको निधन
    प्रतीकात्मक तस्वीर
    images
    images

    पोखरा । एक युवकले पेट्रोल छर्किएर आगो लगाइदिएपछि गम्भीर घाइते भएका कास्कीको मादी गाउँपालिका वडा नं ५ ठूलास्वाँराका ४८ वर्षीय दुर्गाबहादुर गुरुङको निधन भएको छ ।

    images
    images
    images

    गुरुङलाई बिहीबार राति ११ बजे आफ्नै घर बाहिर खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं १२ स्थायी घर भई पोखरा महानगरपालिका वडा नं १३ काँहुखोला बस्ने ३१ वर्षका उमेश राईले पेट्रोल छर्किएर आगो लगाइदिएका थिए ।

    images
    images
    images

    आगोले जलेर गम्भीर घाइते भएका गुरुङलाई उपचारका लागि तत्कालै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको थियो । उनलाई थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल हुँदै शुक्रबार बिहान काठमाडौँ लगिएको थियो ।

    images
    images
    images

    काठमाडौँ कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा गुरुङको सोमबार निधन भएको बताइएको छ । उनको बुधबार गाउँमै ल्याएर पुन धर्म संस्कार अनुसार अन्त्यष्टि गरिने बताइको छ ।

    गुरुङमाथि पेट्रोल छर्किएर आगो लगाइदिएपछि भागेका राईलाई जिल्ला प्रहरी कार्यालय कास्कीसहित मातहतका प्रहरी टोलीले मादी गाउँपालिका वडा नं. ५ सुनपदेँलीस्थित पुरानो स्कुलमा लुकिछिपी बसेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

    राईको साथबाट लाइटर, बोत्तल, मोवाईल बरामद भएको थियो । राई ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट पाँच दिन म्याद थप भइ हाल कास्की प्रहरी हिरासतमा छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।