Logo

२०८३, आश्विन १०गते


images
images

नेप्से २६ सय विन्दु तल, चार अर्ब ७६ करोडको सेयर कारोबार

नेप्से २६ सय विन्दु तल, चार अर्ब ७६ करोडको सेयर कारोबार

images
  • नेप्से २६ सय विन्दु तल, चार अर्ब ७६ करोडको सेयर कारोबार
    images
    images

    काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक साताको अन्तिम दिन बिहीबार ३१.४३ अंकले घटेर बन्द भएको छ । नेप्से परिसूचक १.१९ प्रतिशतले घटेर २५९६.८२ विन्दुमा बन्द भएको हो । बुधबार (हिजो) नेप्से २६२८.२६ विन्दुमा बन्द भएको थियो ।

    images
    images
    images

    यस दिन चार अर्ब ७६ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । बुधबार चार अर्ब २७ करोड रुपैयाँको सेयर किनबेच भएको थियो ।

    images
    images
    images

    २९ कम्पनीको सेयर मूल्य बढेको छ । २११ कम्पनीको सेयर मूल्य घटेको छ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था, जीवन विकास लघुवित्त वित्तीय संस्था र पिपुल्स पावर लिमिटेडको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

    images
    images
    images

    सपोर्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ५.०९ प्रतिशतले वृद्धि भएको छ ।

    कारोबारमा आएका १३ समूहकै परिसूचक घटेको छ । परिसूचक सर्वाधिक घट्नेमा व्यापार समूह छ । यो समूहको परिसूचक २.७३ प्रतिशतले घटेको छ । फाइनान्स समूहको परिसूचक २.३१ प्रतिशतले घटेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।