Logo

२०८३, श्रावण ३०गते


images
images

रहेनन् युद्ध पत्रकार चौहान

रहेनन् युद्ध पत्रकार चौहान

images
  • रहेनन् युद्ध पत्रकार चौहान
    images
    images

    रुपन्देही । युद्ध पत्रकार बिन्दु कुमार चौहानको ४९ बर्षको उमेरमा निधन भएको छ । आकस्मिक रुपमा निमोनिया र फोक्सोमा गम्भीर समस्या देखिएपछि युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार कै क्रममा पत्रकार चौहानको निधन भएको हो । 

    images
    images
    images

    २०५६ सालबाट पत्रकारीता सुरु गरेका चौहान १० बर्षे जनयुद्धकालमा रुपन्देही र कपिलवस्तु लगायतका स्थानबाट विभिन्न संचारमाध्यममा रिपोर्टिङ गर्दै आएको थिए । क्रान्तिकारी पत्रकार संघ रुपन्देही र कपिलवस्तुको जिल्ला अध्यक्षको रुपमा समेत काम गरिसकेका चौहान हाल प्रेस संगठन नेपालका केन्द्रिय सदस्य र नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका कार्यसमिति सदस्यको रुपमा कार्यरत थिए । 

    images
    images
    images


    दुई कार्यकाल पत्रकार महासंघ रुपन्देहीको जिल्ला कार्यसमिति निर्वाचित भएर कार्यसम्पादन गरेका चौहान रुपन्देही जिल्लाकै इमानदार र परिश्रमी पत्रकारका रुपमा स्थापित थिए । 

    images
    images
    images

    यसैगरी, पत्रकार महासंघ लुम्बिनी प्रदेश, रुपन्देही जिल्ला शाखा र उनी सम्बद्ध प्रेस संगठन नेपालले उनको पार्थिक शरिरमा बुधबार बिहान संस्था र संगठनको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरे । 

    साथै चौहान सम्बद्ध राजनीति दल नेकपा माओवादी केन्द्रले समेत उनलाई पार्टीको झण्डा ओढाएर अन्तिम बिदाई गरेको छ । पार्टीका स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज  खनाल 'बलदेव' ले उनलाई पार्टीको झण्डा ओढाएका थिए ।


    चौहानको निधनले समग्र नेपाली पत्रकारिताको क्षेत्रमा अपुर्णिय क्षति पुगेको भन्दै प्रेस संगठन नेपाल केन्द्रिय समिती र जिल्ला समिती रुपन्देहीले शोक बक्तब्य जारी गरेका छन् । 

    दिवंगत चौहानका ४ छोरा, ३ छोरी र श्रीमती छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।