Logo

२०८३, श्रावण २७गते


images
images

गोर्खालीहरूको इतिहासलाइ जीवन्त राख्दै पोखराको गोर्खा मेमोरियल संग्रहालय

गोर्खालीहरूको इतिहासलाइ जीवन्त राख्दै पोखराको गोर्खा मेमोरियल संग्रहालय

images
  • सेतोमसी सहकर्मी
  • गोर्खालीहरूको इतिहासलाइ जीवन्त राख्दै पोखराको गोर्खा मेमोरियल संग्रहालय
    images
    images

    कृष्ण अन्जान, पोखरा । पोखरा  घुम्न आउंदा गोर्खालीहरुले विश्वका विभीन्न ठाउंमा गोर्खाली सेनाका नामले लडेका युद्धका सम्झनालाई सजाइएको ऐतिहासीक गोर्खा मेमोरियल संग्रहालयमा पुग्नु भएन भने पोखरा घुमाइमा केहि सम्झना योग्य स्थल छुटेको अनुभुति अवस्य हुनेछ ।

    images
    images
    images


    गोर्खाली सेनाका सम्झनाहरु लाइ संग्रहित गर्दै उनिहरुलले युद्धमा देखाएको विरता, लडाइमा प्रयोग गरेका हात हतियार, लत्ता कपडा, यु’द्धमा प्रयोग भएका सञ्चार उपकरणहरु लगाएत विर गोर्खाका तस्वीर हरु यस संग्रहालयमा संग्रहीत गरिएको छ । यो संग्रहालय स्थापना पहिलो पटक सन १९९६मा काठमाण्डौमा क्याप्टेन एक नारायण गुरुङ्गको पहलमा भयो तर यो संग्रहालयको उपादेयता काठमाण्डौमा भन्दा वढि पोखरामा भएकाले सन २००१मा यो संग्रहालयलाइ पोखरामा स्थानान्तरण गरिएको हो ।

    images
    images
    images


    सन २००४ देखि पोखराको ऐतिहासिक के.आइ.शिंह पुल नजिकै व्रिटिस क्याम्पको जग्गा भाडामा लिएर भुतपुर्व गोर्खा सैनिकको पहलमा भवन निर्माण शुरु भएको यो संग्रहालयले सन २००८मा आइपुग्दा आफ्नो तिनतले सुविधा सम्पन्न भवनमा गोर्खा सैनिकका याद हरmलाइ सम्हालेर राखेको छ ।

    images
    images
    images

     

    म्युजियम भित्र पुगे पछि विर गोर्खाली सेनाले देखाएका युद्धकौशल संगै उनिहरुले प्रयोग गरेका युद्धका सामाग्रीले लाग्छ कतै यो कथा त होइन । हो यो भावि पुस्ताका लागि कथा वन्न सक्छ तर भावि पुस्तालाइ समेत उनिहरुका पुर्खाले गरेका यि विरता पुर्ण सम्झनालाइ यो संग्राहलयले ताजा वनाइ दिन्छ ।


    सन १८१५ देखि  गोर्खा रेजिमेन्टको स्थापना संगै गोर्खा भर्ति शुरुवात भएको मानिन्छ । यतिवेला देखि गोर्खाहरुले विभन्न देशका लागि वहादुरी पुर्वक युद्ध लडे र संसार भरि उनिहरुको विरताको ठुलो नाम रह्यो । त्यहि विरताको इतिहास र त्यहि सम्झनालाइ यो संग्रहालय भित्र संग्रहित गरिएको छ ताकि भोलीका सन्ततिले आफ्ना पुर्खाको इतिहास यहि संग्रहालय वाट खोज्न सकुन । अर्को कुरा भावि दिनमा गोर्खा भर्ति मात्र अतित वन्दा  गोरखाको विरताको गाथालाइ जिवन्त राख्नका लागि पनि यो गोर्खा मेमोरियल संग्रहालय स्थापनाको उदेश्य रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।