Logo

२०८३, श्रावण २७गते


images
images

पोखरा अन्तर्राष्ट्रिय ड्रागन बोट रेस चिनियाँ टोलीलाई दोहोरो उपाधि

पोखरा अन्तर्राष्ट्रिय ड्रागन बोट रेस चिनियाँ टोलीलाई दोहोरो उपाधि

images
  • पोखरा अन्तर्राष्ट्रिय ड्रागन बोट रेस चिनियाँ टोलीलाई दोहोरो उपाधि
    images
    images

    राजेश पराजुली, पोखरा । पोखरामा  सम्पन्न अन्तर्राष्ट्रिय ड्रागन बोट रेस प्रतियोगिताको उपाधिमा चिनियाँ टोलीले जीतेका छन् । दोस्रो नेपाल–चीन मैत्री ड्रागन बोट रेसमा चिनिया टिमहरूले उपाधि कब्जा जमाएका हुन् ।

    images
    images
    images

    पोखराको फेवातालमा सोमबार सम्पन्न २०० र ५०० मिटर फाइनल रेसमा चीनको डोङग्वान लाओयू क्लबले दोहोरो उपाधि जितेको छ । दोहोरो उपाधि संगै उसले नगद १० हजार डलर हात पारेको छ । चीनकै युनान मिन्जु युनिभर्सिटी दोस्रो भयो भने लिआओचिङ यूनिभर्सिटी टिम तेस्रो भयो ।

    images
    images
    images

    यस्तै ५०० मिटर ड्रागन बोट रेसमा लिआओ चेङ युनिभर्सिटी छिम दोस्रो हुदाँ यूहान युनिभर्सिटीको टिम तेस्रो भयो । प्रतियोगितामा पाँच सय र दुई सय मिटर विजेता टोलीले ट्रफी, मेडल तथा प्रमाणपत्र सहित नगद ५ हजार अमेरिकी डलर, उपविजेताले. २ हजार डलर र तेस्रो भएको टोलीले एक हजार दुई सय अमेरिकी डलर पुरस्कार प्राप्त गरेका छन् । त्यसै गरी सहभागि टिमहरुलाई नगद ५ सय डलर प्राप्त गरेका छन् ।

    images
    images
    images

    प्रतियोगितामा नेपाल, चीन र सिङ्गापुरका २० टोली सहभागी थिए । प्रतियोगितामा चीनको ८, सिङ्गापुरको एक र बाँकी ११ टोली नेपालका विभिन्न प्रदेशबाट सहभागी रहेका थिए । विजेता खेलाडीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्ग, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, उपमेयर मन्जुदेवी गुरुङ लगाएतले पुरस्कार वितरण गरेका थिए ।

    कार्यक्रमले नेपाल र चीनबीच सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई बलियो बनाउन र नेपालको पर्यटन प्रवद्र्धन गर्न सहयोगी हुने उनीहरुको भनाई छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।