Logo

२०८३, आश्विन ९गते


images
images

पाकिस्तानको पञ्जावमा यात्रुवाहक बस दुर्घटना हुँदा १० जनाको मृत्यु

पाकिस्तानको पञ्जावमा यात्रुवाहक बस दुर्घटना हुँदा १० जनाको मृत्यु

images
  • पाकिस्तानको पञ्जावमा यात्रुवाहक बस दुर्घटना हुँदा १० जनाको मृत्यु
    images
    images

    काठमाडौं । पाकिस्तानको पूर्वी पञ्जाव प्रान्तको अट्टक जिल्लामा सोमवार एक यात्रुवाहक बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । साथै अन्य सात जना घाइते भएका प्रहरी अधिकारीहरूले बताएका छन् ।

    images
    images
    images

    दुर्घटना जिल्लाको फतेह जंग क्षेत्र नजिकैको मोटरवेमा भएको थियो जब बसको चालकले टायर फुटेका कारण गाडीको नियन्त्रण गुमाएपछि दुर्घटना भएको हो । दुर्भाग्यपूर्ण दुर्घटनामा परी ज्यान गुमाउनेमा महिला र बालबालिका रहेका अधिकारीहरूले बताएका छन् । बस पूर्वी बहावलपुर जिल्लाबाट सङ्घीय राजधानी इस्लामावादतर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो ।

    images
    images
    images

    घटनाको जानकारी पाएपछि उद्धारकर्मीसहित प्रहरी घटनास्थलमा पुगेर घाइतेहरूलाई नजिकैको अस्पतालमा लगिएको थियो । जहाँ दुई यात्रुको अवस्था गम्भीर रहेको बताइएको छ ।

    images
    images
    images

    यसअघि सोमवार बिहान देशको दक्षिणी सिन्ध प्रान्तको नौशाहरो फिरोज जिल्लामा एक यात्रु भ्यान र ट्रेलर आपसमा ठोक्किँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो । १५ जना घाइते भएका थिए ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।