Logo

२०८३, आश्विन १०गते


images
images

देवदहमा तेस्रो संगम कप : भलिबलको रोमाञ्चक प्रतिस्पर्धा सुरु हुँदै

देवदहमा तेस्रो संगम कप : भलिबलको रोमाञ्चक प्रतिस्पर्धा सुरु हुँदै

images
  • देवदहमा तेस्रो संगम कप : भलिबलको रोमाञ्चक प्रतिस्पर्धा सुरु हुँदै
    images
    images

    देवदह । रूपन्देहीको देवदहमा तेस्रो संगम खुल्ला वडा स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ। संगम युवा क्लबको आयोजनामा देवदह -३ को सेमरहनामा भलिबल प्रतियोगिता हुन लागेको मङ्गलबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराइएको हो।

    images
    images
    images

    प्रतियोगितामा प्रथम हुने टिमले नगद ५५ हजार पाँच सय ५५ शिल्ड, मेडल र प्रमाणपत्र, द्वितीय हुने टिमले नगद ४४ हजार ४ सय ४४ र तृतीय हुने टिमले नगद २२ हजार २ सय २२ प्राप्त गर्ने खेल संयोजक मिलन थापाले जानकारी दिए ।

    images
    images
    images

    प्रतियोगिता सम्पन्न गर्न ७ लाख खर्च अनुमान गरिएको र उक्त खर्चको व्यवस्थापन देवदह नगरपालिका, देवदह नगरपालिका वडा नम्बर -३ को कार्यालय, विभिन्न सङ्घ संस्था र स्वदेश तथा विदेशमा रहेका खेलप्रेमीबाट व्यवस्थापन गरिने आर्थिक संयोजक मीन बहादुर थापाले जानकारी दिए ।

    images
    images
    images

    तेस्रो संगम कप सम्पन्न गर्नका निमित्त विभिन्न सङ्घ संस्थाबाट सहयोग आउने क्रम सुरु भएको र तेस्रो पुरस्कार सारू रेस्टुरेन्टका सञ्चालक प्रदीप कुमार सारुले सौजन्य गरेको आर्थिक समितिका सदस्य भविन थापाले जानकारी दिए ।

    पत्रकार सम्मेलनमा क्लबका सल्लाहकार संयोजक टोप बहादुर थापा, 
    सहआयोजक चाहना आमा समूहका अध्यक्ष युवा कुमारी कामु थापाले बोल्दै प्रतियोगिता सम्पन्न गर्नका लागी विभिन्न ढङ्गले सहयोग गर्न खेलप्रेमी महानुभावहरूलाई आग्रह गरेका थीए ।

    कार्यक्रम संस्थाका अध्यक्ष कवि ज्ञवालीको अध्यक्षता र सचिव प्रितम कुमार थापा मगरको सञ्चालनमा सम्पन्न भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।