बुटवल । नेकपा (एकीकृत समाजवादी) ले लुम्बिनी प्रदेशको पार्टी नेतृत्वको टुंगो लगाएको छ । पार्टीले नेता मेटमणि चौधरी लुम्बिनी प्रदेश कमिटी अध्यक्ष बनाएको छ ।
प्रदेश कमिटीको बुटवलमा शुक्रबार भएको भेलाले मेटमणिसहितको लुम्बिनी प्रदेश कमिटी चयन गरेको हाे ।
त्यस्तै नेकपा (एकीकृत समाजवादी)का रूपन्देही अध्यक्ष समेत रहेका युवा नेता राजु गुरुङ प्रदेश कमिटी सचिव भएका छन् । यसअघि नै भागवत विश्वासी भने लुम्बिनी प्रदेश कमिटी इन्चार्ज भैसकेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology