Logo

२०८३, आश्विन १०गते


images
images

तस्किन अहमदले लिए टी-२० को एकै खेलमा ७ विकेट

तस्किन अहमदले लिए टी-२० को एकै खेलमा ७ विकेट

images
  • तस्किन अहमदले लिए टी-२० को एकै खेलमा ७ विकेट
    images
    images

    काठमाडौं । बंगलादेशका पेस बलर तस्किन अहमदले बंगलादेश प्रिमियर लिग (बीपीएल)को एकै खेलमा ७ विकेट लिएका छ्न् ।

    images
    images
    images

    बिहीबार ढाका क्यापिटल्ससँग जारी खेलमा दरबार राजशाहीका तस्किनले ४ ओभरमा १९ रन दिएर ७ विकेट लिएका हुन् । ढाकाले २० ओभरमा ९ विकेट गुमाएर १७४ रन बनाएको छ ।

    images
    images
    images

    उनले लिटन दास, तन्जिद हसन, शाहदात होसेन, चतुरङ्गा डेसिल्भा, अलाउदिन बाबु, मुकिदुल इस्लाम र शुभम रन्जानेको विकेट लिएका हुन् । उनले खेलको दोस्रो ओभरमा एक विकेट लिएका थिए भने चौथो ओभरमा एक विकेट तथा १७औं ओभरमा २ विकेट र २०औं ओभरमा ३ विकेट लिएका हुन् ।

    images
    images
    images

    उनको यो बलिङ टी२० क्रिकेटमा तेस्रो उत्कृष्ट बलिङ हो । यसअघि मलेसियाका स्याज्रुल इद्रुसले चीनसँगको खेलमा ४ ओभरमा ८ रन दिएर ७ विकेट लिएका थिए भने भाइटालिटी ब्लास्टको खेलमा लेस्टरका कलिन एकरम्यानले बर्मिङहामविरूद्ध १८ रन दिएर ७ विकेट लिएका थिए ।


    यी तीन खेलाडीबाहेक अन्यले टी२०का खेलमा ७ विकेट लिएका छैनन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # तस्किन अहमद
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।