काठमाडौं । भारत र अस्ट्रेलियाबिच जारी पाँचौँ तथा अन्तिम टेस्टको पहिलो इनिङमा भारत १ सय ८५ रनमा समेटिएको छ। शुक्रबारबाट सिड्नीमा सुरु भएको अन्तिम टेस्टमा भारत जित निकाल्दै सिरिज बराबरी गर्ने लक्ष्यमा रहेको छ।
टस जितेर पहिले ब्याटिङ गरेको भारत पहिलो दिननै अलआउट भयो। कप्तान रोहित शर्मालाई बेन्चमा राखेर जसप्रित बुमराहको कप्तानीमा मैदन उत्रिएको भारतका लागि ऋषभ पन्तले ४० रन बनाउनु सर्वाधिक रह्यो।
ऋषभ बाहेक रविन्द्र जडेजाले २६ रन बनाउँदा शुभमन गिलले २० रन बनाए त्यस्तै विराट कोहली १७ रनमा आउट हुँदा वासिङगटन सुन्दरले १४ रन बनाए। कप्तान जसप्रित बुमराह २२ रनमा अन्तिम विकेटका रुपमा पेभिलियन फर्किए।
अस्ट्रेलियाक लागि स्कट बोलान्डले ४ विकेट लिंदा मिचेस स्टार्कले ३ तथा प्याट कमिन्सले २ विकेट लिए। अर्को १ विकेट नाथन लियोनका नाममा रह्यो। सिरिजमा अस्ट्रेलिया २-१ ले अघि रहेको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology