Logo

२०८३, आश्विन ९गते


images
images

नागरिकलाई औषधिमा कम खर्च हुने स्थिति निर्माण गर्न जरुरी छ : मन्त्री पौडेल

नागरिकलाई औषधिमा कम खर्च हुने स्थिति निर्माण गर्न जरुरी छ : मन्त्री पौडेल

images
  • नागरिकलाई औषधिमा कम खर्च हुने स्थिति निर्माण गर्न जरुरी छ : मन्त्री पौडेल
    फाइल फोटो
    images
    images

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आम नागरिकलाई औषधिमा कम खर्च हुने स्थिति निर्माण गर्न जरुरी रहेको बताएका छन् ।

    images
    images
    images

    सोमबार कान्ति बाल अस्पतालको ६३ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले सरकारले नागरिकलाई औषधिमा कम खर्च गर्ने स्थिति निर्माण गर्ने कोसिस गरिरहेको बताए । 

    images
    images
    images

    उनले कान्ति बाल अस्पतालका लागि अघिल्लो वर्ष झन्डै ८०/८१ करोडको बजेट छुट्याइएको तर इआइए हुन नसकेर प्रक्रिया अघि बढ्न नसकेको भए पनि अब छिट्टै काम अघि बढ्ने बताए । 

    images
    images
    images

    उनले बाल उपचारलाई सातै प्रदेशमा विस्तार गर्ने गरी सरकारले काम गरिरहेको बताए । उनले भने, ‘आम नागरिकलाई कसरी औषधिमा कम खर्च हुने स्थिति निर्माण गर्न सकिन्छ, त्यसको उपाय पनि खोज्ने कोसिस गरिरहेका छौँ । अघिल्लो वर्ष झन्डै ८०/८१ करोडको बजेट यहाँ परेको छ। अब इआइए हुन नसकेर त्यसको प्रक्रिया अघि बढ्न सकेको छैन । त्यो काम हामीले छिटो अघि बढाउनेछौँ । 

    सातै प्रदेशमा बाल उपचारलाई विस्तार गर्ने नेतृत्वदायी भूमिका गर्ने इन्स्ट्युसनका रूपमा यसलाई विकास गर्नुपर्छ। बाल उपचारका लागि आवश्यक पर्ने सबै जनशक्ति उत्पादन हुने स्थिति यहाँ बन्नुपर्छ । रिसर्चको कुरामा पनि स्रोतको कुरा हो, रिसर्चको पार्टमा पनि के काम गर्न सकिन्छ, त्यसमा पनि काम गरौँ। यसले छुट्टै क्षेत्रलाई प्रतिनिधित्व गर्दछ।’

    मन्त्री पौडेलले कान्ति अस्पतालमै काम गर्ने चिकित्सकका कारण अस्पताल परिवर्तन हुन आवश्यक रहेको बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।