Logo

२०८३, श्रावण ३०गते


images
images

माओवादी केन्द्रले पाँच पार्टीसँग एकता वार्ता गर्न समिति बनाउने

माओवादी केन्द्रले पाँच पार्टीसँग एकता वार्ता गर्न समिति बनाउने

images
  • माओवादी केन्द्रले पाँच पार्टीसँग एकता वार्ता गर्न समिति बनाउने
    images
    images

    काठमाडौं । नेकपा माओवादी केन्द्रले वैज्ञानिक समाजवाद मान्ने पार्टीहरूसँग एकता गर्न संवाद समिति बनाउने भएको छ । केन्द्रीय समितिको बैठकमा बोल्दै अध्‍यक्ष प्रचण्डले यस्तो बताएका हुन्।

    images
    images
    images

    प्रचण्डले भनेका छन्, ‘पार्टी एकता संवाद समिति तत्काल बनाउने ।’ प्रचण्डले गत आइतबार राजनीतिक प्रतिवेदनमै वैज्ञानिक समाजवाद मान्ने पार्टीहरूसँग एकता गर्ने प्रस्ताव राखेका थिए । यसमा केन्द्रीय सदस्यहरूको सर्वसम्मत धारणा आएको भन्दै प्रचण्डले पार्टी एकता संवाद समिति तत्काल बनाउने घोषणा गरेका हुन् ।

    images
    images
    images

    प्रचण्डले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीसहितका राजनीतिक दलहरूसँग एकताको पहल गर्ने भनेका छन् ।प्रचण्डले नेत्र विक्रम चन्द नेतृत्वको नेकपासँग पनि एकताको पहल गर्ने जनाएका छन् ।

    images
    images
    images

    माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापटोका अनुसार क्रान्तीकारी शक्तिहरूसँग एकता गर्ने विषय राजनीतिक प्रतिवेदनमै आएको विषय हो । वैज्ञानिक समाजवाद मान्नेहरूसित एकताको लागि पहल गर्ने भनिएको हो । उनले यस अन्तर्गत चन्द नेतृत्वको नेकपा, नेकपा बहुमत, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र प्रभु साह नेतृत्वको आम जनता पार्टी रहेको जनाएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # माओवादी केन्द्र
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।