Logo

२०८३, आश्विन १७गते


images
images

काठेखोलामा पाँच करोड ४० लाखको सुन्तला उत्पादन

काठेखोलामा पाँच करोड ४० लाखको सुन्तला उत्पादन

images
  • काठेखोलामा पाँच करोड ४० लाखको सुन्तला उत्पादन
    images
    images

    बागलुङ । काठेखोला गाउँपालिका-६ का किसानले गत वर्षको तुलनामा यस वर्ष पाँच करोड ४० लाखको सुन्तला बिक्री गरेका छन्।

    images
    images
    images

    गाउँपालिकाका कृषि प्राविधिक अग्नि कँडेलका अनुसार यो गत वर्षको तुलनामा करिब दुई करोडले बढी हो। गत वर्ष यहाँका किसानले तीन करोड ५० लाख बराबरको सुन्तला बिक्री गरेको उनको भनाइ छ।

    images
    images
    images

    यस वडामा मात्रै झण्डै ३० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती भइरहेको उनले जानकारी दिए। कँडेल यस वर्ष नौ सय मेट्रिक टन सुन्तला उत्पादन भएको बताउँछन्। सुन्तलामा कुनै पनि रोग नलाग्दा राम्रो उत्पादन बढेको र पालिकाले किसानलाई प्रोत्साहन गर्न प्राविधिक सहयोग र तालिम समेत दिँदै आएको उनको भनाइ छ।

    images
    images
    images

    उनले यस वर्ष पनि सुन्तलाखेतीको क्षेत्र विस्तार गर्ने कार्यक्रम रहेको बताए।

    गाउँपालिकाले गत वर्ष किसानलाई पाँच हजार पाँच सय सुन्तलाका विरुवा र तीन हजार कागतीका बिरुवा वितरण गरेको थियो।

    काठेखोला-६ का किसान लोकनाथ कँडेलले यस वर्ष १२ लाख ५० हजारको सुन्तला बेचिसकेको जानकारी दिँदै एक लाखको बिक्री गर्न बाँकी रहेको बताए। आफ्नो बगैँचामा तीन सय बोट सुन्तला रहेको र यस वर्ष दुई सय १० बोटले फल दिएको उनको भनाइ छ।

    ‘हरेक वर्ष सुन्तला उत्पादन बढ्दै गएको छ, नयाँ बोटले पनि फल दिन थालेका छन्, किसानले सुन्तला बगैँचा व्यवस्थापनमा पनि ध्यान दिन थालेपछि राम्रो फल्न थालेको छ’, कँडेलले भने, ‘मेरो बगैँचामा नयाँ ९० बोट सुन्तला छन्, अर्को वर्षदेखि फल दिन्छन्, सुन्तलाखेतीबाट आम्दानी राम्रो छ, पहिले कोदो मकै फल्ने ठाउँमा अहिले सुन्तला फलाउँछौँ।’

    किसान देवीलाल कँडेलले अघिल्लो वर्ष तीन लाखको सुन्तला बिक्री गरेको उल्लेख गर्दै अहिले चार लाखभन्दा बढीमा बिक्री भएको बताए। व्यापारी बगैँचामै आएर सुन्तला खरिद गर्ने भएकाले बजारीकरणको समस्या नभएको उनको भनाइ छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुन्तला उत्पादन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।