Logo

२०८३, श्रावण २७गते


images
images

विधेयक स्वीकृत ,संसद् बैठक ७ असोजसम्म स्थगित

विधेयक स्वीकृत ,संसद् बैठक ७ असोजसम्म स्थगित

images
  • सेतोमसी सहकर्मी
  • विधेयक स्वीकृत ,संसद् बैठक ७ असोजसम्म स्थगित
    images
    images

    काठमाडौं। प्रतिनिधिसभाको आजको बैठकले दुई विधेयक स्वीकृत गरेको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुभएको ‘आर्थिक विधेयक, २०७८’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ बहुमतले स्वीकृत गरेको हो ।

    images
    images
    images

     

    images
    images
    images

     

    images
    images
    images

    आर्थिक विधेयकमाथिको दफावार छलफलका लागि सभामुख अग्निप्रसाद सापकोटाले यही असोज ७ गतेका लागि छलफलको मिति तोकेका  छन्  ।   बैठकमा प्रस्तुत विधेयक उपरको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको अर्थमन्त्री शर्माले जबाफ दिएका  थीए  । उनले राजस्वमा आधारित अर्थतन्त्रलाई उत्पादनमूलक अर्थतन्त्रमा परिमार्जन गर्दै लगिने सरकारको नीतिअनुरूप बजेटमा सामान्य हेरफेर गरिएको जानकारी दिए   । 

     

     

    अर्थमन्त्री शर्माले देशको अर्थतन्त्रलाई मजबुद तुल्याउन कृषि, उद्योग प्रवर्द्धनका विषयलाई विधेयकले सम्बोधन गरेको बताए । यसअघि विनियोजन विधेयकलाई पारित गर्नु पूर्व सांसद प्रेम सुवालले राखेको  खर्च कटौतीको प्रस्तावलाई बहुमतले अस्वीकृत गरेको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही असोज ७ गते अपराह्न २  बजे बस्नेछ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रतिनिधिसभा
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।