Logo

२०८३, आश्विन १०गते


images
images

पाचौं टाइगर कप २ विदेशीसहित १२ टोली सहभागी

पाचौं टाइगर कप २ विदेशीसहित १२ टोली सहभागी

images
  • पाचौं टाइगर कप २ विदेशीसहित १२ टोली सहभागी
    images
    images

    राजेश पराजुली, पोखरा । टाइगर ग्रुप अफ नेपालको आयोजनामा पोखरामा माघ दोस्रो सातादेखि टाइकर कप भलिबल प्रतियोगितामा हुने भएको छ । प्रतियोगितामा १२ टिमको टुंगो लागेको छ । तीमध्ये महिला र पुरुषतर्फ ६/६ टिमले भाग लिने भएको प्रतियोगिता संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिए ।

    images
    images
    images

    प्रतियोगितामा पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लब, गण्डकी प्रदेश भलिबल संघ, श्रीलंकन भलिबल टिम, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लबले भाग लिने छन् । त्यसै गरी महिलातर्फ नेपाल एपिएफ क्लब, टिपटप न्यू डायमण्ड स्पोर्टस् क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, युनाइटेड प्यासन भलिबल क्लब थाइल्याण्ड र आयोजकको टिमले भाग लिने छन् ।

    images
    images
    images

    पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिता माघ १२ गते देखी १९ गते सम्म पोखरा रंगशालाको भलिबल कोर्टमा संचालन हुनेछ । प्रतियोगितामा पुरुष तथा महिलातर्फ विजेताले ५ लाख ८५ हजार ५ सय ५५ रुपैयाँ, उपविजेताले २ लाख ८५ हजार ५ सय ५५ र तेस्रोले १ लाख ८५ हजार ५ सय ५५ साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

    images
    images
    images

    सर्वोत्कृष्ट हुने खेलाडी (महिला/पुरुष दुवै) ले जनही २५ हजार ७ सय ७७ प्राप्त गर्ने छन् । विधागततर्फ उत्कृष्ट सर्भर, सेटर, ब्लकर, लिबेरो, स्पाइकर र प्रशिक्षकले जनही १० हजार ५५ रुपैयाँ साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । गत चौंथो संस्करणको उपाधि पुरुषतर्फ हेल्प नेपाल र महिलातर्फ एपिएफले जितेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पाचौं टाइगर कप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।