Logo

२०८३, श्रावण ३०गते


images
images

'प्रेसलाई अकुंश लगाउने कानूनको सशक्त प्रतिरोध हुन्छ' : महासंघ अध्यक्ष पोख्रेल 

'प्रेसलाई अकुंश लगाउने कानूनको सशक्त प्रतिरोध हुन्छ' : महासंघ अध्यक्ष पोख्रेल 

images
  • 'प्रेसलाई अकुंश लगाउने कानूनको सशक्त प्रतिरोध हुन्छ' : महासंघ अध्यक्ष पोख्रेल 
    images
    images

    बुटवल । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पाेख्रेलले प्रेसलाइ अकुंश लगाउने कुनै पनि कानुनको सशक्त प्रतिरोध गरिने बताएका छन । संघ र प्रदेश सरकारले प्रेस र अभिव्यक्ति स्वतन्त्रतालाई सकुंच गर्ने खालका कानुन निर्माण गरेकाे भन्दै उनले त्यसप्रकारका कानुन अस्वीकार्य हुने बताए ।

    images
    images
    images


    नेपाल पत्रकार महासंघकाे आयाेजना तथा रूपन्देही शाखाकाे समन्वयमा साेमबारदेखि बुटवलका शुरू भएकाे एक हप्ते आधारभूत पत्रकारिता तालिमकाे उद्घाटन गर्दै अध्यक्ष पाेख्रेलले प्रेसमैत्री कानुन बनाउन तीन तहकै सरकारकाे ध्यानाकर्षण गराउनुपर्ने बताए । 

    images
    images
    images


    लुम्बिनी प्रदेश सरकारले बनाएकाे कानुन प्रेस विराेधी भएको तर्फ संकेत गर्दै अध्यक्ष पोख्रेलले प्रेस स्वतन्त्रतालाई अंकुश लगाउले खालका कानुनको विरुद्धमा पत्रकार महासंघ मात्र नभएर समग्र मिडिया क्षेत्रले लेख्न र बोल्न जरुरी रहेको

    images
    images
    images


    त्यसैगरी नेपाल पत्रकार महासंघ निवर्तमान अध्यक्ष गाेविन्द आचार्यले लेख्न सके पत्रकारीता क्षेत्रमा अवसरको कमि  नरहेकाे बताए । उनले पत्रकार महासंघ पत्रकारहरूकाे क्षमता अभिवृद्दि र पेसागत सुरक्षाका लागि विगतदेखि नै काम गरिरहेकाे बताए । 

    तालिम शुभारम्भ कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनीका महासचिव बिक्रम खड्का, लुम्बिनी प्रदेशका मुख्यमन्त्रीका प्रेस संयाेजक मानसिंह बिश्वकर्मा, पत्रकार महासंघ रूपन्देही अध्यक्ष रामराज पाेख्रेल, सचिव विनाेद परियारले लगायतले बोलेका थिए  ।


    आयोजित एक हप्ते तालिममा रुपन्देहीका विभिन्न मिडियाका समाचार कक्षमा कार्यरत ४० जना पत्रकार सहभागी छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।