Logo

२०८३, आश्विन १०गते


images
images

राष्ट्रपति रनिङ शिल्डको दोस्रो दिन : कुन खेल, कसले जिते ?

राष्ट्रपति रनिङ शिल्डको दोस्रो दिन : कुन खेल, कसले जिते ?

images
  • राष्ट्रपति रनिङ शिल्डको दोस्रो दिन : कुन खेल, कसले जिते ?
    images
    images

    देवदह । रूपन्देहीको देवदहमा सञ्चालित देवदह नगरपालिका स्तरीय अन्तर विद्यालय दोश्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८१ अन्तर्गत दोश्रो दिन विभिन्न खेलहरू सम्पन्न भएको छ । देवदह नगरपालिकाको आयोजना र केरवानी माध्यमिक विद्यालयको व्यवस्थापनमा भएको प्रतियोगिताको दोश्रो दिन भएको ८ सय छात्रा तर्फ देवदह बुद्ध पब्लिक सिम्रन पाण्डे प्रथम, देवदह माविका रिताका थापा द्वितीय, जनप्रिय माविका पूर्णिमा चौधरी तृतीय भएका छन्  । 

    images
    images
    images

    यसैगरी सोही खेलको छात्र तर्फ देवदह बुद्ध पब्लिकका प्रवीन राना प्रथम, केरवानी माविका विक्रम बोहोरा द्वितीय, ग्रीन प्लान्ट आवासीय माविका अभिषेक लामिछाने तृतीय भएका छन्  । २ सय मिटर छात्रा तर्फको दौडमा सिता माविका रोशनी सुनाम प्रथम, देवदह बुद्ध पब्लिकका जस्मिन थापा द्वितीय, न्यू नमुना माविका कृषिका तिवारी तृतीय भएका छन् भने छात्र तर्फको खेलमा केरवानी माविका समीर सारू प्रथम, देवदह बुद्ध पब्लिकका प्रदिप सुनार द्वितीय, सेभेनस्टार बोडिङ्गका ईमरान पठान तृतीय भएका छन् ।

    images
    images
    images

    यता  छात्र तर्फ भएको ४ सय मिटर रिले दौडमा देवदह मावि प्रथम, केरवानी मावि द्वितीय, ग्रीन प्लान्ट मावि तृतीय भएको छ भने छात्रा तर्फ भएको खेलमा ग्रीन प्लान्ट मावि प्रथम, देवदह बुद्ध पब्लिक द्वितीय, सगरमाथा आवासीय मावि तृतीय भएको छ । त्यसैगरी छात्रा तर्फ भएको ज्याभलिन थ्रो तर्फ भविष्य निर्माण माविका विना शिरीष प्रथम, देवदह बुद्ध पब्लिकका विमला मस्राङ्गी द्वितीय, सगरमाथाका विष्णु पोखरेल तृतीय भएको छ । यसैगरी छात्र तर्फ भएको सोही खेलमा देवदह बुद्ध पब्लिकका यामबहादुर बस्याल प्रथम, न्यु लुम्बिनी बोडिङ्गका सन्दिप गुरुङ्ग द्वितीय, जनप्रिय माविका लक्ष्मण आले तृतीय भएको छ । प्रतियोगिता अन्तर्गत छात्र तर्फको ट्रिपल जम्पमा केरवानी माविका हिमान्सु चापागाईं प्रथम, खड्क माविका कृष्ण थारु द्वितीय, देवदह माविका चन्द्रबहादुर क्षेत्री तृतीय भएको छ । यसैगरी छात्रा तर्फ भएको सोही खेलमा सगरमाथाका जस्मिन कुवर प्रथम, न्यू लुम्बिनी बोडिङ्गका दिपिका रिजाल द्वितीय, केरवानी माविका आरती सार्की तृतीय भएको छ ।

    images
    images
    images

    त्यसैगरी आज कराते र कबड्डीका विभिन्न खेलहरू सम्पन्न भएको छ ।  छात्र तथा छात्रा भलिबल तर्फ विभिन्न खेलहरू सम्पन्न भएको छ । छात्र तर्फको भलिबल खेलमा देवदहका २७ वटा विद्यालय मध्ये २१ वटा विद्यालयको सहभागिता रहेको छ भने छात्रा भलिबल खेलमा १८ वटा विद्यालयको सहभागिता रहेको केरवानी माध्यमिक विद्यालयका प्रधानाध्यापक निर्मल ढुङ्गानाले जानकारी दिए । माघ ३ देखि ५ गते सम्म सञ्चालन हुने प्रतियोगितामा देवदह क्षेत्रमा रहेका २७ वटा विद्यालयका ८४३ खेलाडीहरूले विभिन्न खेलमा प्रतिस्पर्धा गरिरहेको उनले जानकारी दिए  ।  

    Add a little bit of body text_20250117_194533_0000.png

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।