देवदह । देवदह ईङलिस बोर्डिङ हाई स्कुलमा खेल सप्ताह अन्तर्गत दोस्रो दिन जुनियर तर्फ विभिन्न प्रतियोगिताहरू सम्पन्न भएका छन् ।
खेलकुद मार्फत विद्यार्थीहरूको प्रतिभाको छनोट गर्नका लागि आयोजित खेलकुद सप्ताहका क्रममा प्राथमिक तहमा कक्षागत रूपमा बिद्यार्थीहरुलाई विभाजन गरी प्रतियोगिता आयोजना गरिएको छ ।
जसअन्तर्गत कक्षा १ मा अध्ययनरत विद्यार्थीहरूको म्युजिकल चियर रेस प्रतियोगितामा संगम चापागाईँ, उज्ज्वल गौतम र विपिन राना क्रमशः प्रथम, द्वितीय र तृतीय भएको थिए ।
बेलुन ब्यालेन्स प्रतियोगितामा कक्षा २ बाट आन्नी सोम्रे/सिवानि भट्राई, आष्विन न्यौपाने, आविष्कार थापा र प्रिन्स भण्डारी क्रमशः प्रथम द्वितीय र तृतिय हुन सफल फृज डान्स प्रतियोगिता मा कक्षा ३ बाट आराध्य भण्डारी, अञ्जना कार्की र अनमोल छाहरी क्रमशः प्रथम द्वितीय र तृतीय हुन सफल भएका थिए ।
त्यसैगरि बुक रेशमा कक्षा ४ का छात्र बाट सेनिस राना, दिप्सन के.सी र सुसान कुमाल क्रमशः प्रथम द्वितीय र तृतीय हुन सफल भएका थिए । स्पोन रेसमा कक्षा ४ का छात्रा विद्यार्थी युना गुरुङ, अन्जिला अधिकारी र रिया भण्डारी क्रमशः प्रथम द्वितीय र तृतीय हुन सफल भएका थिए ।
यस्तै स्कोर द बल मा कक्षा ५ का छात्र बाट डेबिट ढकाल, कुशल श्रेष्ठ र विकास बानिया क्रमशः प्रथम द्वितीय र तृतीय हुन सफल भएका थिए । सियो धागो (निडल) रेसमा कक्षा ५ का छात्रा विद्यार्थी लिजा गुरुङ, सृष्टि काफ्ले र प्रतीक्षा थारु क्रमशः प्रथम द्वितीय र तृतीय हुन सफल भएका थिए ।
तहगत अतिरिक्त क्रियाकलाप संयोजक सोनिया खनालको सञ्चालन तथा कक्षागत शिक्षकहरूको सहजिकरणमा कार्यक्रम सम्पन्न भएकोे हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology