Logo

२०८३, आश्विन ३गते


images
images

इंग्लिस प्रिमियर लिग : इन्जुरी समयको २ गोलमा लिभरपुल विजयी

इंग्लिस प्रिमियर लिग : इन्जुरी समयको २ गोलमा लिभरपुल विजयी

images
  • इंग्लिस प्रिमियर लिग : इन्जुरी समयको २ गोलमा लिभरपुल विजयी
    images
    images

    काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुलले इन्जुरी समयमा दुई गोल गर्दै शीर्ष स्थानको अग्रतालाइ फराकिलो बनाएको छ । त्यस्तै अर्को खेलमा आर्सनल भने अन्तिम समयमा २ गोलको अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिन बाध्य भयो ।

    images
    images
    images


    ब्रेन्टफोर्डविरुद्ध अधिकांश समय गोलरहित बराबरीमा रोकिएको लिभरपुलका लागि इन्जुरी सयममा सब्सटिच्युट डार्विन नुनेजले दुई गोल गरे । इन्जुरी समयको पहिलो मिनेटमा ट्रेन्ट अलेक्सान्डरको क्रसलाई सदुपयोग गरेका नुनेजले इन्जुरी समयको तेस्रो मिनेटमा अग्रता दोब्बर बनाए ।

    images
    images
    images

    जारी सिजन लिभरपुललाई टक्कर दिने मानिएको आर्सनल भने एस्टन भिल्लासँग अर्को अप्रत्यासित बराबरीको सिकार भयो। पहिलो हाफमा गाब्रियल मार्टिनेलीको गोलमार्फत ३५ औं मिनेटमा अग्रता बनाएको आर्सनलले घरेलु मैदानमा काइ हावर्टको गोलमा ५५ औं मनेटमा अग्रता दोब्बर बनायो।

    images
    images
    images

    तर २ गोलको अग्रता जोगाउन आर्सनल असफल भयो । भिल्लाका लागि योरी तिलेमानसले ६० औं मिनेटमा पहिलो गोल फर्काउँदा बराबरी गोल भने वली वाटकिन्सले त्यसको आठ मिनेट पछि गरेका थिए । त्यसपछि खेलको अन्तिम समयमा आर्सनलले गरेको गोलले मान्यता नपाउँदा आर्सनल अङ्क गुमाउन बाध्य भयो ।

    खेलपछि लिभरपुलले २१ खेलबाट ५० अङ्क पुर्याएको छ । दोस्रो स्थानको आर्सनलले २२ खेलबाट ४४ अङ्क बनाउँदा दोस्रो स्थानमा ६ अङ्कले पछि परेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इंग्लिस प्रिमियर लिग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।