Logo

२०८३, आश्विन ३गते


images
images

प्रिमियर लिगको उपाधि जित नजिक आर्सनल

प्रिमियर लिगको उपाधि जित नजिक आर्सनल

images
  • प्रिमियर लिगको उपाधि जित नजिक आर्सनल
    images
    images

    काठमाडौँ ।  आर्सनल इङलिश प्रिमियर लिगको उपाधि जितको नजिक पुगेको छ । गएराती सम्पन्न खेलमा आर्सनलले बर्नलीलाई १-० गोल अन्तरले पराजित गर्दै उपाधि जितको नजिक पुगेको हो । 

    images
    images
    images

    आर्सनलको जितमा खेलको ३६औं मिनेटमा काइ हाभर्टले गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो । 

    images
    images
    images

    यो जितपछि आर्सनलको ३७ खेलमा ८२ अंक भएको छ र शिर्ष स्थानमा कायम रहेको छ ।  दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ३६ खेलमा ७७ अंक रहेको छ ।  अब आर्सनलले अन्तिम खेल मे २४ मा क्रिस्टल प्यालेससँग खेल्ने तालिका रहेको छ । 

    images
    images
    images

    त्यस्तै म्यानचेस्टर सिटी आज राति हुने बोर्नमाउथसँगको खेलमा पराजित भएमा वा बराबरीमा रोकिएमा भने आर्सनलले लिगको उपाधि जित्ने छ ।  सिटीले यो खेल जितेमा भने लिग उपाधिको निर्णय अन्तिम खेलबाटै हुने छ ।  म्यानचेस्टर सिटीको अन्तिम खेल भने मे २४ मा एस्टन भिल्लासँग रहेको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इंग्लिस प्रिमियर लिग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।