Logo

२०८३, आश्विन ३गते


images
images

इंग्लिस प्रिमियर लिग : सिटीको फराकिलो जित, युनाइटेडको घरमै हार

इंग्लिस प्रिमियर लिग : सिटीको फराकिलो जित, युनाइटेडको घरमै हार

images
  • इंग्लिस प्रिमियर लिग : सिटीको फराकिलो जित, युनाइटेडको घरमै हार
    images
    images

    काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले फराकिलो जित निकालेको छ । गएराति भएको खेलमा सिटीले रेलिगेसन क्षेत्रमा रहेको एप्सविच टाउनलाई ६-० गोलअन्तरले हराएको हो ।

    images
    images
    images

    सिटीको जितमा फिल फोडेनले २ गोल गरे भने माटियो कोभासिस, जेरेमी डोकु, एर्लिङ हालान्ड र जेम्स मकाटीले एक-एक गोल गरे । सिटीले दुवै हाफमा ३-३ गोल गर्‍यो ।

    images
    images
    images

    २७औं मिनेटमा फोडेनको गोलमार्फत सिटीले अग्रता लिएको थियो । ३०औं मिनेटमा कोभासिसले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । ४२औं मिनेटमा फोडेनले व्यक्तिगत दोस्रो गोल गरेपछि सिटी पहिलो हाफमा ३-० ले अगाडि रह्‍यो ।

    images
    images
    images


    ४९औं मिनेटमा डोकुले, ५७औं मिनेटमा हालान्ड र ६९औं मिनेटमा मकाटीले गोल गरेपछि सिटी ६-० को फराकिलो जित निकाल्न सफल भयो । जितसँगै सिटी २२ खेलमा ३८ अंक जोड्दै चौथो स्थानमा उक्लिएको छ । एप्सविच १६ अंकसहित १८औं स्थानमा छ ।


    गएराति नै भएको अर्को खेलमा म्यान्चेस्टर युनाइटेडले
    घरेलु मैदानमै हार व्यहोरेको छ । युनाइटेडलाई ब्राइटनले ३-१ गोल अन्तरले हराएको हो । खेलको पाँचौं मिनेटमा यान्कुबा मिन्तेको गोलमार्फत पाहुना टोलीले अग्रता लिएको थियो । २३औं मिनेटमा ब्रुनो फर्नान्डेसले पेनाल्टीमा गोल गर्दै पहिलो हाफमा बराबरीमा राखे ।


    दोस्रो हाफको ६०औं मिनेटमा काउरु मितोमा र ७६औं मिनेटमा जर्जिनो रुतरले गोल गर्दै ब्राइटनलाई जित दिलाए । जितपछि ब्राइटन २२ खेलबाट ३४ अंकसहित नवौं स्थानमा उक्लिएको छ । युनाइटेड २६ अंकसहित १३औं स्थानमा छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इंग्लिस प्रिमियर लिग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।