Logo

२०८३, आश्विन ९गते


images
images

लस एन्जलसमा फेरि फैलियो आगो, १९ हजार मानिसलाई अन्यत्र सारियो

लस एन्जलसमा फेरि फैलियो आगो, १९ हजार मानिसलाई अन्यत्र सारियो

images
  • लस एन्जलसमा फेरि फैलियो आगो, १९ हजार मानिसलाई अन्यत्र सारियो
    images
    images

    क्यालिफोर्निया । अमेरिकाको लस एन्जलसमा जंगलको आगोले फेरि भीषण रुप लिएको छ । आगो फेरि फैलिएपछि क्यालिफोर्नियाको सरकारले हजारौँ मानिसलाई सुरक्षित स्थानमा सारेको छ। अहिले आगो लागिरहेको जंगलबाट बस्ती ४५ माइल दूरीमा छ ।

    images
    images
    images

    यो आगो कास्टिक तालनजिकै पहाडी इलाकामा सल्किएको हो । यस क्षेत्रमा कयौँ बाक्लो बस्ती र स्कुलहरू रहेका छन् ।

    images
    images
    images

    आगोको चपेटामा ८ हजार एकभन्दा धेरै इलाका परेर जलिसकेको छ । तीव्र हावा र सुकेको जंगली झाडीले आगोलाई इन्धनको काम गरिरहेको छ ।

    images
    images
    images

    तर अहिलेसम्म यस क्षेत्रमा लागेको आगोले कसैको घरमा क्षति पुगेको छैन । तर आगोका कारण १९ हजार स्थानीयबासिन्दा घर छाडेर भाग्न बाध्य भएका छन् ।

    कैलिफोर्नियामा अग्निनियन्त्रक दल अहिले पनि आगो नियन्त्रणका लागि खटिरहेको छ । लस एन्जलसक्षेत्रमा आगो फैलिएको दुई साता हुन लागिसकेको छ।

    अहिले त्यसक्षेत्रमा लागेको आगोका कारण कयौँ आलीशान घरहरू ध्वस्त भएका छन् भने २५ जनाको ज्यान गइसकेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लस एन्जलसमा डढेलो
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।