नन्दु यादव, पश्चिम नवलपरासी । ४२ औं सामाजिक सेवा दिवसको अवसरमा माईती नेपाल महेशपुरले ३ दिवसिय कार्यक्रम सन्चालन मंगलबाट सुरु गरेकाे छ । माईती नेपाल महेशपुर र सिमा प्रहरी चाैकि महेशपुरकाे संयुक्त आयोजनामा घरदैलाे कार्यक्रम संचालन गरिएको हो ।
कार्यक्रम पहिलाे दिन मंगलबार पाल्हिनन्दन गाउँपालिका वडा न १ मा मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण, बालबिबाह, बालयाैनशाेषण घरेलु हिंसा सम्बन्धि जनचेतना जगाउने उदेश्यले घरदैलाे कार्यक्रम सम्पन्न गरेकाे छ ।
पाल्हिनन्दन गाउँपालिका वडा न १ काे ३३ घरधुरिमा पुगि बालबिबाह, बाल याैन शाेषण, मानवलबेचबिखन सम्बन्धि अाम नागरिकहरुलाई जनचेतना जगाईएकाे माइतिनेपाल महेशपुरकि प्रमुख एलिसा श्रेष्ठले जानकारी दिईन् ।
बुधबार दाेस्राे दिन पाल्हिनन्दन गाउपालिका वडा नं. २ मा रहेका किशोर किशोरीहरुलाई सोही प्रकारको जनचेतनामूलक प्रशिक्षण गरिने माईती नेपालले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology