Logo

२०८३, आश्विन ९गते


images
images

नेसनल प्याब्सन गायन तथा वक्तृत्वकला प्रतियोगिताको उपाधी न्यू लुम्बिनीलाई

नेसनल प्याब्सन गायन तथा वक्तृत्वकला प्रतियोगिताको उपाधी न्यू लुम्बिनीलाई

images
  • नेसनल प्याब्सन गायन तथा वक्तृत्वकला प्रतियोगिताको उपाधी न्यू लुम्बिनीलाई
    images
    images

    देवदह ।  नेशनल प्याब्सन रुपन्देहीलेआफ्नो वार्षिक कार्यक्रमअन्तर्गत रूपन्देहीका नेशनल प्याब्सनसँग आवद्ध विद्यालयका विद्यार्थीहरूबीच वक्तृत्वकला तथा गायन प्रतियोगिता सम्पन्न गरेको छ । सनिवार सम्पन्न प्रतियोगिताका दुवै विधातर्फ न्यू लुम्बिनी ई. बोर्डिङ स्कुल देवदहले उपाधी हात पार्न सफल भएको छ । प्रतिस्पर्धामा गायनतर्फ  न्यू लुम्बिनीकी जानकी पौडेल प्रथम, सुनगाभा पब्लिक सेकेन्डरी स्कुलका खिमबहादुर राना द्वितीय, नमुना एभरग्रिन इङ्गलिस बोर्डिङ स्कुलका नुराङ्ग सारू तृतीय र  सेन्ट जोसेफ इङ्गलिस हाई स्कुलकी ईशा गुरूङ सान्त्वना भएका छन् । 

    images
    images
    images

    त्यस्तै गरी ‘शिक्षा र रोजगारका नाममा विदेशिनुको विकल्प, स्वदेशमै जनशक्ति व्यवस्थापनको गरौँ सङ्कल्प’ भन्ने विषयमा माध्यमिक तहको जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा समेत न्यू लुम्बिनीकी छात्रा खुसी घर्ती मगर प्रथम भएकी छन्  । स्कलर्स होम इङ्गलिस बोर्डिङ स्कुलकी छात्रा शैलेसा शर्मा द्वितीय, देवदह इङ्गलिस बोर्डिङ हाई स्कुलका छात्र प्रशान्त देवकोटा तृतीय र बुटवल ग्लोरी इङ्गलिस बोर्डिङ स्कुलकी छात्रा अंशु अर्यालले सान्त्वना स्थान प्राप्त गरेका छन् । दुवै प्रतियोगिताका विजेता विद्यार्थी तथा विद्यालयलाई नगद, ट्रफी, मेडल र प्रमाणपत्रबाट सम्मान गरिएको कोषाध्यक्ष विनोद थापा मगरले जानकारी दिए । 

    images
    images
    images

    नेशनल प्याब्सन लुम्बिनी प्रदेशका सम्पूर्ण जिल्लाबाट प्रथम र द्वितीय हुने दुवै विधाका विद्यार्थीहरूलाई  दाङको देउखुरीमा यहि माघ १७ गते हुने प्रदेश स्तरीय प्रतियोगिता मा प्रतिस्पर्धाको लागि सहभागी गराइने आयोजकले जनाएका छन् ।

    images
    images
    images

    प्रतियिगितामा गायनतर्फ गायक तथा सङ्गीतकार सौगात सायर र पप गायक वसन्त श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गरेका थिए । यसैगरी वक्तृत्वकलातर्फ प्रा.डा. हिरण्यलाल ज्ञवाली र प्राध्यापक कृष्णप्रसाद पाण्डे निर्णायकको रुपमा रहेका थिए ।

    कार्यक्रममा नेशनल प्याब्सनका केन्द्रीय सचिव कृष्ण प्रसाद पौडेल, सल्लाहकार राजु गुरुङ, केन्द्रिय सदस्य विष्णुप्रसाद पौडेल, पुरुषोत्तम बस्याल, लुम्बिनी प्रदेश सहसचिव जेबी क्षेत्री लगायतले बोल्दै विद्यार्थीरुलाइ औपचारिक शिक्षा वाहेक अतिरिक्त क्रियाकलापमा समेत सहभागी गराउनुपर्ने बताए  । 

    नेशनल प्याब्सन रूपन्देहीका अध्यक्ष तिलव के.सी.कोअध्यक्षता, कार्यक्रम संयोजक शंकरप्रसाद गौतमको स्वागत र कोषाध्यक्ष विनोद थापा मगरकोसञ्चालनमा सम्पन्न भएको हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेसनल प्याब्सन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।