पाल्पा । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक तुलाराम घर्ति 'बसन्त' ले निर्वाचनसम्म नै अहिलेको राजनीतिक गठबन्धन कायम रहने बताएका छन् ।
गठबन्धन राजनैतिक आवश्यकता भएको उल्लेख गर्दै घर्तीले आगामी निर्वाचन लोकतान्त्रिक वामपन्थी गठबन्धनले जित्ने बताए । बुधबार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) रैनादेवी छहरा गाउँ समिति, पाल्पाको बिस्तारित बैठकलाई सम्बोधन गर्दै सचेतक घर्तिले कार्यकर्तालाई नयाँ उर्जा सहित पार्टी निर्माणमा होमिन आग्रह गरे ।
विचमा पार्टी एकताको कारण कहिं कतै पार्टी अल्झिएको जस्तो भएपनि अब त्यस्तो स्थिति नरहने उनको जिकिर छ । गाउँपालिका पार्टी अध्यक्ष कृष्ण भण्डारीको अध्यक्षतामा सम्पन्न उक्त बैठकले वडा, टोल र गाउँ कमिटी बैठकको सम्मेलन सम्पन्न गर्ने लगायतका निर्णय गरेको पार्टीले जनाएको छ ।
कार्यक्रममा माओवादी केन्द्रका नेता राजेन्द्र विश्वकर्मा, प्रेस संगठनका रुद्रहरी कुवँर, भुवन कार्की, कमल रायमाझी पार्टी नेताहरू शेष बहादुर कुमाल, विरबहादुर पोखरेल, मीन बहादुर दर्लामी, टेकराज पौडेल, यादव गहतराज, सोम दर्लामी, विष्णु कोईराला, पुरुशोत्तम पोखरेल, लोकनाथ पोखरेल, केशब खनाल लगायतले बोलेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology