Logo

२०८३, आश्विन ९गते


images
images

देशव्यापी एचपीभी खोप लगाउने योजना स्वीकृत, मनीषा कोइराला खोपदूत

देशव्यापी एचपीभी खोप लगाउने योजना स्वीकृत, मनीषा कोइराला खोपदूत

images
  • देशव्यापी एचपीभी खोप लगाउने योजना स्वीकृत, मनीषा कोइराला खोपदूत
    images
    images

    काठमाडौं । देशैभरका १६ लाख किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघ तेस्रो साता सञ्चालन गर्न लागेको एचपीभी खोप अभियानको योजना स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वीकृत गरेका छन् ।

    images
    images
    images

    यसअन्तर्गत माघ २२ गतेबाट फागुन ६ गतेसम्म देशैभरका ६ देखि १० कक्षासम्मका छात्रा तथा विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीहरूलाई मन्त्रालयले देशैभर खोप लगाउँदै छ । यस योजनाको प्रधानमन्त्रीबाट सुरुवात गर्ने गरी तयार योजना मन्त्री पौडेलले स्वीकृत गरेका हुन् ।

    images
    images
    images

    देशैभर व्यापक प्रचारप्रसार गरी किशोरीहरू नछुट्ने गरी कार्यक्रम अघि बढाउन मन्त्री पौडेलले उच्च अधिकारीहरूसमक्ष भनेका छन् । मन्त्रालयले क्यान्सर विजेता अभिनेत्री मनीषा कोइरालालाई खोपदूतका रूपमा अघि सार्ने भएको छ । क्यान्सर विजेता कोइराला एचपीभीसहितका खोप कार्यक्रमका लागि दूतका रूपमा रहने स्वास्थ्य सेवा विभागका महानिर्देशक विकास देवकोटाले बताए ।

    images
    images
    images

    मन्त्रालयले खोप अभियानबारे आवश्यक सचेतनामूलक जानकारीहरू विभिन्न माध्यमबाट प्रसार गरिरहेको छ । पहिलो निर्णयका रूपमा राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति स्वीकृत गरेका मन्त्री पौडेलले यसअघि क्यान्सरको विशिष्टीकृत उपचार सेवा सातै प्रदेशमा विस्तार गर्नुका अलावा बाल क्यान्सरको उपचार निःशुल्क गर्ने निर्णय कार्यान्वयनमा ल्याएका छन् ।

    १६ लाख किशोरीहरूको खोप अभियानले महिलाहरूमा देखिने प्रमुख स्वास्थ्य समस्या पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि योगदान दिने विज्ञहरूले बताएका छन् । नेपालमा सन् २०२२ मा कूल मृत्यु भएका १४ हजार मध्ये पाठेघरको मुखको क्यान्सरबाट ज्यान जानेको संख्या ७ हजार ७ सय ६८ रहेको ग्लोबल क्यान्सर अब्र्जभेटरीको तथ्यांकमा छ । 

    विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०२२ मा मात्र नेपालमा पाठेघरको मुखको क्यान्सरका २ हजार एक सय ६९ तथा स्तनसम्बन्धी दुई हजार दुई सय ५५ नयाँ बिरामी भेटिएका छन् । 

    हाल नेपालमा हरेक दिन ४ जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट ज्यान जाने गरेको छ । यसै गरी अब्र्जभेटरीका अनुसार विश्वभर प्रति एक लाख रोगीमा ७ जनाको ज्यान जाने गरेकामा नेपालमा झण्डै ९ जनाको यस्तो क्यान्सरबाट ज्यान जाने गरेको छ । तर समयमै परीक्षणबाट समस्या पहिचान भएमा रोग निको हुने विज्ञहरूले बताउने गरेका छन् ।

    पाठेघरको क्यान्सरबाट हुने ठूलो स्तरको मृत्यु रोकेर स्वास्थ्य जोगाउन पहल गर्ने मन्त्री पौडेलले घोषणा गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एचपीभी खोप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।