Logo

२०८३, आश्विन ९गते


images
images

पाठेघरको मुखको क्यान्सर बिरुद्धको एचपीभी खोप लगाउन शुरु

पाठेघरको मुखको क्यान्सर बिरुद्धको एचपीभी खोप लगाउन शुरु

images
  • पाठेघरको मुखको क्यान्सर बिरुद्धको एचपीभी खोप लगाउन शुरु
    images
    images

    काठमाडौं । पाठेघरको मुख्यको क्यान्सरबिरुद्धको एचपीभी खोप लगाउनु शुरु गरिएको छ । 

    images
    images
    images

    स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले बुधवार काठमाडौंको थापाथलीस्थित परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालमा एक कार्यक्रमकाबीच सो खोप लगाउने कार्यको शुभारम्भ गरेका हुन ।

    images
    images
    images

    योसँगै यो खोप सेवा आजैबाट सबै प्रदेशका संघीय अस्पतालहरुबाट पनि शुरु हुनेछ । मन्त्री बस्नेतले ऐतिहासिकता तथा योगदानलाई ख्याल गरेर परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालबाटै सो खोपको शुरुवात गर्ने निर्णय लिइएको बताए । उनले तत्कालका लागि सिमित स्रोत र साधन भएपनि छिट्टै सो खोप सबै किशोरीहरुले पाउने गरी सरकारले आवश्यक व्यवस्था मिलाउने प्रतिवद्धता समेत व्यक्त गरे । मन्त्री बस्नेतले यो खोप सबै जिल्लामा पुग्नुपर्ने उल्लेख गर्दै त्यसका लागि आफूले पहल गरिरहेको समेत बताए । 

    images
    images
    images


    मन्त्री बस्नेतले सो खोप सबै जिल्लामा उपलब्ध गराउन आफूले सम्बन्धित निकायसँग कुरा गरिरहेको पनि बताए । सो अस्पतालमा अनुसार यो खोप १४ वर्ष उमेर पूरा भएका र १५ वर्ष ननाघेका किशोरीलाई लगाउन लागिएको हो । सरकारले सोही उमेर समूहका किशोरीहरुलाई लक्षित गरेर हाल २० हजार भाइल खोप निर्यात गरेको छ । यो खोप ६ महिनाको अन्तरालमा २ मात्रा लगाउनुपर्ने हुन्छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।