Logo

२०८३, श्रावण ३०गते


images
images

ईश्वरको निन्दा गरेको आरोपमा पाकिस्तानमा ४ जनालाई मृत्युदण्ड

ईश्वरको निन्दा गरेको आरोपमा पाकिस्तानमा ४ जनालाई मृत्युदण्ड

images
  • ईश्वरको निन्दा गरेको आरोपमा पाकिस्तानमा ४ जनालाई मृत्युदण्ड
    images
    images

    काठमाडौँ । पाकिस्तानमा अनलाइनमा ईश्वरको निन्दा गर्ने सामग्री प्रकाशन गरेको आरोपमा दोषी ठहर भएका ४ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ । पाकिस्तानको रावलपिण्डीमा रहेको अदालतले ४ जनालाई मृत्युदण्डको सजाय सुनाएको हो ।

    images
    images
    images

    पाकिस्तानको ईशनिन्दा कानुनी आयोगले उनीहरूलाई मृत्युदण्डको सजाय सुनाइएको पुष्टि गरेको छ । आरोपीहरूले अनलाइनमा ईश्वरको निन्दा गर्ने सामग्री प्रकाशन गरेको ठहर गर्दै अदालतले उनीहरूलाई यस्तो सजाय सुनाएको आयोगका कानुन व्यवसायी राओ अब्दुर रहिमले जनाएका छन् ।

    images
    images
    images

    आरोपीहरूले उक्त सजायविरुद्ध पुनरावेदन गर्ने सम्भावना रहेको पाकिस्तानबाट प्रकाशित हुने द एक्सप्रेस ट्रिब्युनले जनाएको छ । पछिल्लो समय ईश्वरको निन्दा गरेको आरोपमा दोषी ठहर भएका धेरै जनालाई मृत्युदण्डको सजाय सुनाइएको भएपनि पुनरावेदन गरेको खण्डमा उक्त सजाय घटाएर आजीवन कारावासमा रूपान्तरण हुने गरेको छ ।

    images
    images
    images

    पाकिस्तानमा ईश्वर निन्दाको कानुन निकै कठोर मानिन्छ । पाकिस्तानको मानव अधिकार आयोगका अनुसार हाल ७ सय ६७ जना मानिसहरू ईश्वरको निन्दा गरेको आरोपमा जेलमा छन् ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।