नन्दु यादब, नवलपरासी । पश्चिम नवलपरासी पश्चिम नवलपरासीमा जनता समाजवादी पार्टी नेपालले संगठन सुदृढीकरण तथा बिस्तार कार्यक्रमलाई धमाधम अगाडि बढाईरहेको छ। विभिन्न स्थानीय तहमा धमाधम पार्टी बिस्तार कार्यक्रममा जिल्ला देखि केन्द्र सम्मका नेताहरू निकै सक्रियताका साथ नवलपरासीमा लागि परेका छन ।
दिनहु नेताहरूले कार्यकर्ताहरूलाई आफ्नो पार्टी तर्फ रिझाउन निकै रस्साकस्सी गरिरहेका छन । यसैगरि बिहिबार सरावल गाउपालिका वडा न ६ रामपुर खडौनामा वडा स्तरीय भेला गरि अभिभुखिकरण तथा पार्टी बिस्तार कार्यक्रम सम्पन्न गरेको छ । स्थानीय समाजसेवी धिरेन्द्र चौधरीकाे अध्यक्षता तथा पूर्व शिक्षा राज्यमन्त्री गोविन्द चाैधरीकाे प्रमुख आतिथ्यता र ज.स.पा का केन्द्रीय सदस्य सुरेन्द्र कुमार पटेलकाे विशेष आतिथ्यमामा कार्यक्रम सम्पन्न गरिएको ज स पा नवलपरासी ले जनाएको छ ।
कार्यक्रममा दिवाकर यादवको स्वागत मन्तव्य रहेको थियाे । कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले नेपालमा बसोबास गरिरहेका मधेशी ,थारु, दलित ,मुस्लिम जातिहरूले अझै पनि नेपालको संविधानबाट हकअधिकार पाउन नसकेको गुनासाे गरे । संविधाननै ससाेधन गरिनुपर्ने भन्दै हामि लामाे समय देखि सडक र सदनमा आवाज उठाउँदै आईरहेका छाै तै पनि सरकारले कुनै पनि मागप्रति चासाे नदिएकाेले अबकाे देश निकासका लागि सबैले जनता समाजवादी पार्टीमा आबध्द भई निर्वाचनमा देशको पहिलाे पार्टी बनाउनु पर्ने आवश्यकता रहेकाे बताए ।
जबसम्म जसपाले देशको नेतृत्व गर्दैन तब सम्म हाम्राे देशकाे बिकास हुन नसक्ने जिकिर गरे । यसकारण अब सबै अनागरिकहरू आ आफ्नाे ठाउँबाट एकजुट हुन सबै कार्यकर्ताहरूलाई आग्रह गरे । यसै गरि कार्यक्रमबाट धिरेन्द्र चाैधरीकाे सयाेजकत्वमा २१ सदस्यीय वडा कार्यसमिति सन्दिप कुमार पटेलको संयोजकत्वमा ११ सदस्यीय जसपा युवा समिति चन्दा चाैधरीकाे संयोजकत्वमा ११ सदस्यीय जसपा महिला समिति गठन गरिएको छ ।
कार्यक्रमलाई ज स पा युवा सघकि केन्द्रीय सदस्य भिसाखा चौधरीले सञ्चालन गरेकी थिन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology